कांग्रेसका उद्वव थापा बने कोशी प्रदेशकाे मुख्यमन्त्री
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार १७:४९:३४
२१ असार, काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धन पक्षका कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख खापुङले थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले मुख्यमन्त्रीका लागि आजै सभामुख बाबुराम गौतमसहित ४७ प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेश गरेका थिए ।
यही असार १५ गते एमाले नेतृत्वकाे सरकार ढलेपछि नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रमुख खापुङले आज साँझ ५ बजेसम्मको समय सीमा तोकेका थिए ।
थापालाई कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित), एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ जना प्रदेशसभा सांसदको समर्थन रहेको छ ।
योसँगै ७ प्रदेशमध्ये कांग्रेसले ४ वटा प्रदेशमा सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा यसअघि नै कांग्रेसको नेतृत्वमा सरकार बनिसकेको छ । बाँकी ३ मध्ये कर्णाली र बाग्मतीमा माओवादी केन्द्र र मधेश प्रदेशमा जसपाको नेतृत्वमा सरकार छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार