जिल्ला अदालतको आदेशविरुद्ध आङटावा शेर्पासहित ७ जनाले दिए उच्च अदालत पाटनमा निवेदन
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार १८:२२:३५
२१ असार, काठमाडौं । नक्कली शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा कारागार थुनामा रहेका मध्ये ७ जनाले उच्च अदालतमा निवेदन दिएका छन् ।
काठमाडौं जिल्ला अदालतको आदेश विरुद्ध पूर्वसांसद आङटावा शेर्पा र इन्द्रजित राईसहित ७ जनाले निवेदन दर्ता गराएका हुन् ।
फौजदारी कार्यविधि संहिता २०७४ को दफा–७३ बमोजिम ‘बेरितको आदेश बदर गरि पाउँ’ भन्दै निवेदन दिनेमा पूर्वसांसद आङटावा शेर्पा, नरेन्द्र केसी, गोविन्दबहादुर चौधरी, पूर्वसांसद शेर्पा, इन्द्रजित राई, सानु भण्डारी, हरिभक्त महर्जन छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले असार १ मा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले नेता टाेपबहादुर रायमाझीसहित १६ जनालाई थुनामा राख्ने आदेश गरेका थिए ।
उनीहरू मुद्दा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा, नख्खु कारागार ललितपुरमा कैदी बन्दी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार