इजि कहाँ छ र अमेरिकामा ?
नेपालबहस संवाददाता
असार २३, २०८० शनिबार ११:३३:५९
सानुबाबु सिलवाल
इजि कहाँ छ र अमेरिकामा ? सोचे जस्तो, भनेजस्तो गफ गरे जस्तो, धक्कु लगाए जस्तो, एक छिनलाई आफु ठुलो हुन अरुको नजरमा आफुलाई उच्च देखाउन जिब्रो बजारे जस्तो सहज र सजिलो छैन अमेरिका। मनग्गे श्रम नगरे सम्ब्रिदि टाढै छ भने भयो। धेरैलाई सफल हुन मन छ अमेरिकामा। सात समुन्द्र पार गरि जन्मभुमि त्यागेर हिडेपछि प्रबासमा केहि न केहि त गर्नै पर्छ भन्ने जमात असरट्ट छन अमेरिकामा पनि। साहु कहाँ काम गर्दागर्दै थकित मनहरु, अर्काकोमा श्रम गर्दागर्दै आफै केहि गरौ भन्ने अर्को जमात, सिडमनि सानो स्रोत र साधनबाट सम्बृद्धिका लागि केहि न केहि आफ्नै ब्यबसाय अर्थात स्व रोजगार गरौँ भन्ने अर्को जमात पनि प्रशस्त छन अमेरिकामा।
जिबन शुन्यबाटै शुरु हुन्छ यहाँ। सिक्नु पर्छ शुन्यबाटै। नसिके, नजाने, जान्न मन नगरे, नेपालको शिक्षा, नेपालको सर्टिफिकेट र नेपालकै प्रवृतिले अवसर र सुख प्राप्ति त नसोचे पनि भयो यो मुलुकमा। केहि सिक्नु, केहि जानेर मात्रै हुँदैन दिन र दैनिकि चलाउन घोडा धस्नै पर्ने हुन्छ केहि सालका लागि। बाउ, बाजे, सासु ससुरा, मामा माइजु, काकाकाकिको धन, काला धन बोरामा बोकेर ल्याए अर्कै नत्र अमेरिकामा नै केहि गर्नका लागि तपाइसँग सिड मनि हुनैपर्ने हुन्छ साथमा अन्यथा तपाइले जिरो अर्थात शून्यबाट कुनै डेग चल्नेवाला छैन यहा।
चिठ्ठा पर्नु पर्यो कि त ? एक हजार डलरबाट साना ब्यबसाय, घरबाट चल्ने ब्यबसाय, मोबाइल अर्थात घुम्ति ब्यबसाय, पोर्टेबल अर्थात साथसाथै साथमा बोकेर हिड्ने ब्यबसाय, रिटेलिङ्ग अर्थात खुद्रा ब्यबसाय यस्ता थुप्रै ब्यबसाय छन जुन सन्चालनका लागि धेरै डलर लगानि गर्नै पर्दैन अमेरिकामा। मात्र तपाइसँग इच्छा शक्ति, लगनशिलता, धैर्यता र अलिकति कमनसेन्सको जरुरत पर्ने हुन्छ। जसका लागि तपाइलाई आफुले आटेको, चाहेको सानो ब्यबसायको ज्ञान, तालिम अर्थात क्षमता अभिबृद्धि चाहि चाहिन्छ है। कि आफुसँग जानेको मानिस, अनुभबि मानिसको साथ हुनु पर्यो।
हैन केहि डलर अर्थात बियाँ पुँजि जम्मा गरौ र अलि राम्रै अर्थात अलि गतिलै कमाइ हुनसक्ने वा लगानि राम्रै गरि प्रतिफल भनेजस्तो पाउनका लागि तपाइसँग केहि रकमको जोहो चाहि हुनु पर्दछ। त्यसका लागि कम्तिमा तपाइले अमेरिकामा ५ बर्ष कडा परिश्रम गर्न जरुरि छ। त्यसका लागि भोज भतेर, रमाइलो, मनमोज, नेपालि समाज, गेटटुगेदर, हाता नलाग्ने समाजसेवा चाहि केहि बर्षका लागि बिदावारि गर्नुपर्ने हुन्छ अमेरिकामा। ठुला शहर, महङ्गा शहर, महङ्गो बस्ति, मोज मस्ति, सपिङ्ग, कमाएको जति बालुवामा हाल्ने काम आजैबाट छोडिदिनोस।
भोलिबाटै कमाइ नहुने, कमाएर बढि खर्च हुने, सेभिङ्ग गर्नै नसक्ने र भिडभाड छोडिदिनोस। अमेरिकाको गाउँ अर्थात कन्ट्रिसाइड तिर पस्नुहोस्। कम्तिमा ८० घन्टा हप्तामा काम गर्नुहोस। कम्तिमा तपाइले कमाएको बार्षिक ३५ हजार डलरमा अमेरिकी गाउँमा तपाइले बर्षमा २० हजार डलर जोगऔन सक्नु भयो भने २० देखि २५ हजारसम्म बचत गर्न सक्नु भयो भने ५ बर्षमा तपाइसँग सिडमनि र क्रेडीट कार्ड थपथाप गर्दा तपाइ र तपाइको एक्लो परिवारका लागि राम्रै ब्यबसाय चलाउन सक्नुहुनेछ। यो एउटा एजुम्सन म्याथ हो।तर हाइपोथेटिकल चाहि हुदै होइन। यो भन्दा राम्रो पनि गर्न सक्नुहुनेछ।
पे चेक टु पे चेक, ४० घन्टे काम मात्र, निम्नतम ज्याला, खर्चालु बसाइले तपाइको सम्बृद्धिको चाहना सम्भब नै छैन अमेरिकामा। भोलिको दिन भन्न सकिन्न, तपाइ आफु नसक्दा, नभ्याउदा र बाहिर हिड्दा पनि तपाइको आम्दानी आइ नै रहने मार्गको खोजिका लागि अमेरिकामा आफ्नो साहु आफै बनि आफ्नो पे चेक आफै काटौँ, अमेरिकामा आर्थिक स्वतन्त्रताका लागि साना ब्यबसाय मुख्य बिकल्प।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानुबाबुका ११ गुदी मन्त्र, जसले अमेरिकामा व्यवसाय पूर्व तपाईँका आँखा खोल्छ !
चैत २८, २०८० बुधबार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
चैत २६, २०८० सोमबार
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
चैत २५, २०८० आइतबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १६, २०८१ आइतबार
बझाङमा १५९३ मतसहित एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो
बैशाख १६, २०८१ आइतबार
काठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, १६५८, एमाले १६३०, स्वतन्त्र ४३० र रास्वपाः ३०८ मत
बैशाख १६, २०८१ आइतबार
फेसबुकमार्फत हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ
बैशाख १६, २०८१ आइतबार