मिनबहादुर गुरूङसहित ३ आराेपीकाे बन्दीप्रत्यक्षीकरण रिटमा मिसिलसहित विपक्षीलाई झिकाउने आदेश
नेपालबहस संवाददाता
असार २२, २०८० शुक्रबार १७:४८:१७
२२ असार, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारस्थित सरकारी स्वामित्वको ललितानिवासको जग्गा हिनामिनामा पक्राउ परेकामध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमसहित ३ जनाले थुनामुक्तका लागि दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च आदलतले आज विपक्षीलाई पनि सँगै राखेर सुनुवाइ गर्ने आदेश दिएको छ ।
असार १३ मा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले भ्याकेट निवेदन दर्ता गराएपछि सँगै राखेर सुनुवाइ गर्ने आदेश भएको हो ।
ललितानिवासको सरकारी कागजात कीर्ते गरेको भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ लगायतका ९ जनालाई सीआईबी पक्राउ गरेको हो ।
बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएलगत्तै सीआईबीले सर्वोच्चमा उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्नाको कारणसहित भ्याकेट निवेदन दर्ता गराएको थियो । गुरुङ वादी रहेको रिटमा भ्याकेट निवेदन दर्ता गराएको सिआइबीलाई जानकारी दिएको नपाइएपछि सर्वोच्चले २४ घण्टाभित्र विपक्षीलाई जानकारी दिई इजलासमा पेश गर्न आदेश दिएको छ । साथै उनीहरुविरुद्धको अनुसन्धानमा तयार पारिएको मिसिल समेत साथै पेश गर्न भनेकाे छ ।
भ्याकेट निवेदनमा सीआईबीले प्रकरणमा मुछिएका १७ जनालाई पक्राउ गर्न भनी सर्वोच्च अदालतले गत साउनमा दिएको अन्तरिम आदेश खारेज गर्न पनि माग गरेको छ । सोही आदेशका कारण पक्राउ परेर पनि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजासहित ३ जना छुटेका छन् । उनीहरुलाई सीआईबीले बोलाएका बखत उपस्थित हुने सर्तमा कागज गराई छोडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार