प्रतिनिधिसभाको बैठक ३ बजेसम्मका लागि सारियो
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १३:४:२०
२४ असार, काठमाडौं । आज दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक दुई घन्टा पछि सारेर ३ बजेका लागि तय गरिएको छ । प्रमुख प्रतिपक्षी एमालेले बैठक चौथो दिन आज पनि अवरुद्ध पार्ने अडान नछाडेपछि खुलाउनेबारे प्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेसका शीर्ष नेतृत्वसँग छलफलमा समय लाग्ने भएका कारण उनकै अनुरोध २ घण्टा पछि सारिएको हो ।
बैठक ३ बजेलाई सरेको सभामुख देवराज घिमिरेका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । अहिले संसद खुलाउनेबारे प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भइरहेको छ ।
बैठक सुचारु बनाउन यसअघि सभामुख देवराज घिमिरेले गरेको पटकपटकको प्रयास सफल हुन नसकेपछि प्रधानमन्त्री स्वयम् सक्रिय भएका छन् । उनले असार १८ गते काठमाडौंमा भारतीय मूलका नागरिक प्रितम सिंहको जीवनीमा लिखित पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटकपटक भारतको नयाँदिल्ली धाएको र नेपालका राजनीतिक दलको नेताहरुसँग बाक्लो भेटघाट गरेको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले लगातार तीन पटक बैठक अवरुद्ध पारेको थियो । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले सार्वभौम संसद र नेपालीको अपमान भएको र प्रधानमन्त्रीको आत्मसमर्पण चरित्र उदांगो भएको भन्दै पदबाट राजीनामा दिनुपर्ने माग अगाडि सारेका छन् ।
सोही माग राख्नै एमालेले आज बसेको राष्ट्रिय सभाको बैठक अवरुद्ध पारेको छ । यो अवरुद्ध चौथो पटक हो । आजको प्रतिनिधिसभाको बैठक पनि चल्न नदिने अडानमा एमाले रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार