आरजुको नाम लिएको अडियोको ‘उत्पत्ति’ पत्ता लगाउन प्रहरीद्वारा सिंगापुरमा पत्राचार
अडियो थुनुवा सन्देश शर्माको स्वरसँग मिलेको दाबी
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १३:३७:३८
२४ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोड रुपैयाँ ‘डिल’ भएको भनिएको अडियोमा कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिइएको स्वरबारे प्रहरीले परीक्षण गरेको छ ।
प्रारम्भिक परीक्षणमा अडियो रेकर्डमा सुनिएको स्वर हाल मुद्दा पुर्पक्षका लागि जेलमा रहेका दाङका सन्देश शर्मासँग मेल खाएको प्रहरी प्रवक्ता कुवेर कडायतले आइतबार उजुरी छानबिनको प्रगतिबारे जानकारी दिन जारी सूचनामा उल्लेख छ ।
सामाजिक संजालमा आरजु र कांग्रेस नेता बालकृष्ण खाणकी पत्नी एवं सांसद मञ्जु खाणलाई दुई करोड रुपैयाँ बुझाएको भनी नाम लिएको अडियो छानबिनका लागि परेको उजुरीमाथि प्रहरीले ल्याब परीक्षणसहित छानबिन गरिरहेको छ ।
अडियोको परीक्षणका क्रममा ‘कन्ट्रोल स्याम्पल’ ३४ वर्षीय शर्मासँग मेल खाएको प्रवक्ता कडायतले जानकारी दिएका छन् । साथै अडियोको उत्पत्ति (ओरिजिनेट) कहाँ र कसबाट भएको हो भन्ने सम्बन्मा टिकटक सिंगापुरलाई पत्राचार गरिसकेको समेत उनले जनाएका छन् ।
अडियो सार्वजनिक भएपछि मञ्जु सम्पर्कविहीन बनेपछि आरजुले अडियोमा सुनिने स्वरमाथि छानबिन गरी दोषीलाई कारवाहीका लागि अडियो क्लिपसहित गत बैशाख २ मा उजुरी दिएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार