प्रश्नकै घेराभित्र छ नक्कली शरणार्थी र ललिता निवास प्रकरणमा प्रतिबद्ध देखिएको प्रहरीको चेन अफ कमाण्ड !
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १५:४७:१२
२४ असार, काठमाडौं । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको एउटा र ललितानिवास जग्गा हिनामिना प्रकरणको अर्को गरी दुई ठूला काण्ड नेपाल प्रहरीको मातहतमा अनुसन्धान भइरहेका बेला त्यसको नेतृत्वमा रहेका आईजीपी बसन्त बहादुर कुँवरले यी दुवै विषयलाई निचोडमा पुर्याउने अठोट व्यक्त गरेका छन् । यी दुवै प्रकरणमा पूर्वमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मको संलग्नता रहेको पुष्टि भइसकेको छ ।
यी ठूला भ्रष्टाचारका काण्डको अनुसन्धान सकेर कसरी प्रहरीले अदालतसम्म पुर्याउछ भन्ने आम चासो बढिरहेका बेला उनले भने यी प्रकरणलाई सहज रुपमै लिएका छन् । यी दुई ठूला बाहेक अरू थुप्रै अपराधका ठूला घटनाहरूको अनुसन्धान पनि प्रहरीले नै गरिरहेको छ । प्रहरीले गर्ने यी अनुसन्धानप्रति एकातिर सर्वत्र चासो बढिरहेको छ भने अर्को तर्फ यस संगठनको नेतृत्वमा रहेका कुँवर जिम्मेवारीप्रति कति इमानदार र अडिक छन भन्ने प्रश्न पनि आइरहेका छन् । किनभने प्रहरीको चेन अफ कमाण्ड सधैं राजनीतिक सोदावाजीसँग जोडिँदै आएको छ ।
यसै प्रसंगमा संगठनको नेतृत्वमा रहँदा आफ्नो कार्यकालमा गरिने कार्य योजनाबारे जानकारी दिन महानिरीक्षक कुँवरले गत शुक्रबार प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन राखे । प्रहरी प्रधान कार्यालयमा दिउँसो डाकिएका पत्रकारहरू माझ गत वर्षसम्म भएका कार्यक्रम र उनको कार्यकालमा गरिने आगामी कार्ययोजनाहरु प्रस्तुत गरिए । उनले राज्य नै आर्थिक संकटमा रहेकाले संगठनलाई प्रभावकारी बनाउनेदेखि प्रदेश प्रहरी र आन्तरिक व्यवस्थापनमा आफूले पनि त्यसको सामना गर्नुपरेको बताए ।
प्रहरी प्रधान कार्यालयमा पत्रकारहरूलाई विशेष निम्तो दिएर बिरलै मात्र सम्मेलन हुन्छ । पाँच दिन अघिदेखि निम्ता कार्ड बाडिएकाले प्रहरी महानिरीक्षकले केही विशेष कुरा खोल्न चाहेको अनुमान सबैले गरेका थिए । अहिले देशमा सबैले चासो दिइरहेका दुई ठूला भ्रष्टाचारका काण्ड चलिरहेको अवस्थामा उनको निम्ता पक्कै पनि महत्वपूर्ण नै थियो । यसमा प्रहरीको अनुसन्धान कसरी चलिरहेको छ र हाई प्रोफाइलका आरोपीहरु समातिन्छ कि समातिँदैनन् भन्ने अपेक्षा प्रहरी प्रमुखसँग राख्नु स्वाभाविक पनि हो ।
अनुसन्धान जारी रहेका दुवै प्रकरणमा संलग्न भएको भनिएका अरू हाई प्रोफाइलका व्यक्तिहरूलाई प्रहरीले अब समाउँछ कि समाउँदैन भन्ने अहिलेको आम चासोप्रति महानिरीक्षक कुँवर सकारात्मक नै देखिए । उनी पत्रकार सम्मेलनमा यी दुई काण्डसँग सम्बन्धित कुनै पनि नयाँ विषय आए प्रहरीको सम्बन्धित कमाण्ड वा आफूलाई जानकारी गराउन आग्रह पनि गरे । उनले निष्पक्ष र कानुन अनुसार दुवै प्रकरणको अनुसन्धान अगाडि बढिरहेकाले यसमा हाई प्रोफाइल र लो प्रोफाइल नभनि दोषी देखिएकालाई पक्राउ गरिने बताए ।
शरणार्थी प्रकरणको जस लिन प्रहरीमा दुई कित्ता देखिएको र अनुसन्धानसँगै नेपाल प्रहरीभित्रको गुटबन्दी चलेको कुरा सत्य नभएको बताए । यसअघि हिरासतमा रहेका आरोपितलाई बयान फेर्न प्रभावित गर्ने गरी सन्देश र पत्र आदानप्रदान गर्न दिएको भन्ने आरोप लागेको थियो । यसमा प्रहरीको चेन अफ कमाण्डमा समेत समस्या आएको भनिएको थियो । तर, शुक्रबार आईजीपी कुँवरले उनीसँग विवाद भयो भनिएका काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी श्याम ज्ञवालीलाई पनि उनले सँगै राखेर प्रहरीकाे चेन अफ कमाण्ड अहिलेसम्मकै सक्षम रहेको सन्देश दिए ।
तर कुँवरले प्रत्यक्ष नभने पनि भूटानी शरणार्थी प्रकरणमा आफूमाथि लागेको आरोप सत्य नभएको संकेत गरे । कुँवर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला ठगी प्रकरणमा पहिलो पटक उजुरी आउँदा अनुसन्धान अगाडि नबढाई उजुरीसँग सम्बन्धित फाइल नै आफ्नो घर लगेर थन्क्याएको आरोप लगेको थियो । उनले भने, ‘म पहिले देखि नै मिडियाको नजिक छु । मेरो बारेमा विभिन्न भ्रामक समाचारहरू पनि आए । म त्यस तर्फ जान चाहान्न । तर, प्रहरी संगठन र मेरो बारेमा कुनै कुरा पाउनु भयो भने मलाई पनि सोधेर मात्र प्रकाशन गर्नुहोला । म सबै कुरा फेस गर्न तयार छु ।’
उनले चलिरहेका अनुसन्धानमा अब कस कसलाई समाउने योजना छ वा हाई प्रोफाइलका आरोपीहरु समातिन्छ कि समातिँदैनन् भन्ने कुरामा जस्तोसुकै दवावको सामना गर्न तयार भएर नै आफू अगाडि बढेको भन्दै सबै कुरा कानुनअनुसार नै हुने बताए । कुँवरले नेपाल प्रहरी संगठनलाई सुधार गर्न अहिले उपयुक्त समय रहेको बताए । उनले प्रहरीको छवि उकास्न सहज वातावरण बनेकोमा आफूलाई भाग्यमानी नै भएको बताए । आफू महानिरीक्षक बनेपछि आफ्नो दुई वर्षे कार्यकालमा सम्पन्न गर्ने गरी अघि सारिएका कार्य योजनामा पुरा गर्ने अठोट व्यक्त गरे ।
ललितानिवास जग्गा हिनामिना प्रकरणमा पनि अनुसन्धान नरोकिने उनले बताए । ललितानिवास जग्गा प्रकरणमा दोषी भनिएका र सीआईबीले पक्राउ गर्न खोजिरहेका आरोपीहरु मध्ये केही फरार भएको भनिएको छ । यो मुद्दा अहिले एआईजी किरण बज्राचार्यको नेतृत्वमा अनुसन्धान भइरहेको छ । पत्रकार सम्मेलनमा आईजीपी कुँवरसँगै राखेर यो मुद्दा कतैबाट पनि प्रभावित नहुने बताए । ललिता निवास जग्गा हिनामिना प्रकरण पेन्डिङमा गइसकेको फाइललाई फेरी खोलेर सीआईबीले अनुसन्धान र कारबाही अघि बढाएको हो ।
संगठित अपराधमा मुद्दा चलाउनुपर्ने भएकाले निकै दवावमा पनि छ, सीआईबी । अदालतले उसका मार्गमा अवरोध गरिरहेको छ । कीर्तेमा २५ दिनभित्र अनुसन्धान टुंग्याएर मुद्दा अदालतमा दायर गरि सक्नुपर्छ भने संगठित अपराधमा अधिकतम ६० दिनभित्र अदालतमा मुद्दा पुर्याउन सकिन्छ । उनले आफूलाई प्रहरी संगठनको प्रमुख बनाउन राम्रो भूमिका खेलिदिएको भन्दै सञ्चारमाध्यम र पत्रकारलाई धन्यवाद पनि दिए । पछिल्ला केही ठूला अपराध विरुद्ध सबै पक्षबाट साथ–सहयोग रहेको र आगामी दिनमा पनि यो निरन्तर हुनेमा आफूहरू आशावादी रहेको उनले बताए ।
सरसर्ती हेर्दा यो प्रकरण अगाडि बढाउने विषयमा केही व्यावधानहरु खडा भएका छन् । यसप्रति पनि प्रहरी नेतृत्व सचेत रहेको उनले सुनाए । तर, आईजीपी कुँवर यी मुद्दाको किनारा लगाउने कुरा जति सहज रुपमा लिएका छन, त्यति सहज भने देखिएको छैन । नक्कली शरणार्थी प्रकरणसँग जोडिएर अख्तियार प्रमुख प्रेमकुमार राईदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवासम्मको नाम जोडिएको छ । यी व्यक्तिहरू पक्राउ पर्छन् कि पर्दैनन् भन्ने आम चासो छ ।
यसै गरी ललिता निकास प्रकरणमा पनि सर्वोच्चका न्यायाधीश कुमार रेग्मी, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईको नाम त्रिताल प्रतिवेदनमै उल्लेख छ । उनीहरू अहिले प्रहरीको अनुसन्धानभन्दा बाहिर छन् । ठूला यी माछा समाएर देखाए मात्र कुँवरले भनेका कुराप्रति आम जनता विश्वस्त होलान् । अन्यथा उनमाथि पनि राजनीतिक सौदावाजीमा बिकेको भनेर आरोप लाग्न सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख २७, २०८१ बिहिबार
नेपाल प्रहरीका ५१९ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार