प्रधानमन्त्रीको राजीनामाबाट पछि हट्दै एमाले
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १४:५४:३२
२४ असार, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले ‘भारत परस्त’ अभिव्यक्ति दिएको भन्दै पदबाट राजीनामा दिनुपर्ने अडानसहित संसदको दुवै सदन अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) पछि हट्ने संकेत देखिएको छ ।
महत्वपूर्ण विधेयक पारित र मन्त्रालयगत आगामी आवका लागि विनियोजित बजेटमाथि छलफल सक्नुपर्ने समयको चापबीच एमालेले माथिल्लो सदन राष्ट्रिसभा चार र तल्लो सदन प्रतिनिधिसभा ३ पटक अवरुद्ध पारेपछि आज बिहान प्रधानमन्त्री प्रचण्डको पहलमा सिंहदरबारमा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र बैठक अवरोधक एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बसेको बैठकमा ओलीले पछि हट्ने संकेत दिएका छन् ।
बैठकमा विवादित अभिव्यक्तिबारे सदनमा प्रधानमन्त्री प्रचण्डले प्रष्टिकरण दिने विषयमा सहमति जुटेको छ । प्रचण्डले प्रतिनिधिसभाको भाेलि बस्ने बैठकमा प्रष्टिकरण दिने भएका छन् । त्यसपछि सदनमा दिने प्रष्टिकरण हेरेर एमालेले राजीनामा माग जारी राख्ने वा बन्द गर्ने भन्नेमा आवश्यक निर्णय लिने भएको छ ।
यसअघि प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहिन्छ भन्दै अडान कस्दै लगेको एमाले पछिल्लो पटक प्रष्टिकरण सुन्ने स्थितिमा पुगेको हो । आजको राष्ट्रियसभा बैठकमा एमालेकी सांसद भगवती न्यौपानले ‘प्रधानमन्त्री जवाफ होइन राजीनामा दिनुपर्छ’ भनेकी थिइन् । जेहोस्, एमाले प्रधानमन्त्रीको प्रष्टिकरण सुन्न तहमा पुगेको छ ।
प्रधानमन्त्री प्रचण्डले असार १८ गते काठमाडौंमा भारतीय मूलका नागरिक प्रितम सिंहको जीवनीमा आधारित प्रकाशित पुस्तकको विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटकपटक भारतको नयाँ दिल्ली धाएको र नेपालका राजनीतिक दलका नेताहरुसँग बाक्लो भेटवार्ता गरेको भनी अभिव्यक्ति दिएका थिए ।
त्यसलाई लिएर एमालेले प्रचण्डको अभिव्यक्तिले सार्वभौम संसद र नेपालीको शिर निहुराएको भन्दै नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आइरहेको छ । यद्यपि प्रचण्डले भने आफूले आफ्नो कुरा नभई सिंहले भनेका कुरा सुनाएको बताउँदै एमालेको आरोप अस्वीकार गर्दै आइरहेका छन् ।
एमालेका प्रभावशाली नेताहरुले भने प्रष्टिकरण सुन्ने सिंहदरबार सहमतिले एमाले आफ्नो अडानबाट पछि हटेको रुपमा बुझ्दा पनि अन्यथा नहुने प्रतिक्रिया दिन थालेका छन् । यता, सरकार पक्षधर सांसदहरुले भने एक कदम सफलताको रुपमा अर्थ्याउन सुरु गरेका छन् ।
यसअघि सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपति मन्दिरको २०८ केजीको सुनको जलहरी राख्ने क्रममा भएको करोडौंको भ्रष्टाचारमा एमालेका अध्यक्ष ओलीकै संलग्नता रहेको आरोप लगाएपछि एमालेले २ दिनसम्म लगातार प्रनितिधिसभा बैठक अवरुद्ध पारेको थियो । पछि प्रचण्ड र ओलीबीच छलफलपछि सांसद दाहालको धारणा संसद रेकर्डबाट मेटाउनेमा सहमति जुटेको थियो । दाहालको भनाइ रेकर्डबाट हटाइएको थियो ।
तैपनि रेकर्डबाट हटाइएपनि जनताको मनबाट जलहरीमाथिको भ्रष्टाचार हटन नसक्ने भन्दै कांग्रेसका सांसदहरुले जलहरीको भ्रष्टाचार काण्डमा दोषी पत्ता लगाइ कारवाही गर्न सरकारको ध्यानाकर्ष गराउँदै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता
असोज १९, २०८१ शनिबार
माल्दिभ्सका राष्ट्रपति मुइज्जु आइतबारदेखि भारत भ्रमण गर्दै
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
मन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार