प्रतिनिधिसभा बैठक बस्न सकेन, भोलि दिउँसाे ३ बजेका लागि बोलाइयो
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १५:७:९
२४ असार, काठमाडौं । आइतबार पछिल्लो पटक दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर असार २५ गते सोमबारका लागि सारिएको छ ।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपरान्ह ३ बजे बस्ने गरी सारिएको थियो । उक्त समयमा पनि बैठक बस्न नसक्ने भएपछि संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना टाँस गरी बैठक सोमबारका लागि सरेको जानकारी दिएका छन् । जारी सूचना अनुसार बैठक भोलि सोमबार सोमबार अपरान्ह ३ बजे बोलाइएको छ ।
प्रधानमन्त्री प्रचण्डले असार १८ गते काठमाडौंमा भारतीय मूलका नागरिक प्रितम सिंहको जीवनीमा आधारित प्रकाशित पुस्तकको विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटकपटक भारतको नयाँ दिल्ली धाएको र नेपालका राजनीतिक दलका नेताहरूसँग बाक्लो भेटवार्ता गरेको भनी दिएको अभिव्यक्तिलाई लिएर प्रचण्डले पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै एमालेले लगातार रुपमा माथिल्लो सदन राष्ट्रिय सभा आजसहित ४ र प्रतिनिधिसभा बैठक ३ पटक अवरुद्ध पारिसकेको छ ।
तर आज प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सदन खुलाउनेबारे सिंहदरबारमा बसेको बैठकमा प्रचण्डले सदनमा विवादस्पद अभिव्यक्तिबारे प्रष्टीकरण दिने सहमति जुटेको छ । भोलि बस्ने सदनमा प्रचण्डको जवाफ सुन्न एमाले तयार भएको छ । एमाले संसदमा प्रमुख प्रतिपक्षी दल हुन् ।
एमालेको विरोधमा कारण आज स्थगित भएको संसदको माथिल्लो सदन राष्टियसभाको बैठक पनि भोलि बिहान ११ बजेर १ मिनेटमा बस्ने बोलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार