भ्रष्टाचार प्रकरणमा एमाले नेता नचलाउने सर्तको समाचार बाहिरिएपछि ओलीले फेरी लिए संसद नखोल्ने अडान
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १७:५८:२५
२४ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबारमा भएको सहमति लिक भएको भन्दै संसद अवरोध हटाउन नयाँ सर्त राखेका छन् । उनले सिंहदरबारमा गरेको सहमति संसद भवन नपुग्दै तोडेका हुन् । ओलीले सिंहदरबारमा एमाले नेताहरूलाई भ्रष्टाचार प्रकरणमा नचलाउने सर्तमा संसद खोल्न राजी भएको समाचार उनी संसद नपुग्दै बाहिरिएको थियो ।
लगत्तै ओलीले यसरी भएन संसद खोल्न नसकिने भो भन्दै नयाँ सर्त अगाडि सारेका छन् । यसरी सदन खुलाउने बारे सिंहदरबारमा आइतबार भएको प्रमुख तीन दलका शीर्ष नेता बीचको सहमति एक घण्टा पनि टिकेन । ओलीले यही सहमति अनुसार जाँदा पार्टीलाई अप्ठ्यारो पर्ने देखेपछि नयाँ सर्त अघि सारेको माओवादीको भनाइ छ ।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग गरेको छलफलमा एमालेका मागप्रति प्रधानमन्त्री सकारात्मक भए संसदको अवरोध हटाउने र प्रधानमन्त्रीलाई अभिव्यक्तिबारे सदनमा स्पष्टीकरण दिने सहमति भएको थियो ।
सोही सहमति अनुसार आइतबार १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले ३ बजेलाई सारेका थिए । तर सिंहदरबारमा करिब २ घण्टा भएको तीन शीर्ष नेताहरूको भेटवार्ता र छलफलको सहमतिबाट आधा घण्टा नबित्दै ओली सहमति तोडेको माओवादी केन्द्रका नेताहरूको भनाइ छ । प्रधानमन्त्रीले आजै संसदलाई सम्बोधन गर्ने सहमति भएको थियो । तर, सिंहदरबारमा सहमति गरेर निस्केको आधा घण्टापछि ओलीले फोन गरेर सहमति कार्यान्वयन नहुने बताएको माओवादीको भनाइ छ ।
स्रोतका अनुसार सिंहदरबारबाट सहमति गरेर निस्केको आधा घण्टामै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेका थिए । प्रधानमन्त्रीलाई फोन गरेर प्रधानमन्त्रीका सल्लाहकार गोविन्द आचार्यले जारी गरेको विज्ञप्ति र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ट्वीटरमा लेखेको विषयमा प्रश्न उठाउँदै आचार्यलाई जागिरबाट निकाल्ने र श्रेष्ठले माफी माग्नुपर्ने सर्त राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस आज पनि, आजै आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार