सीआईबीले नियन्त्रणमा लिने सूचना चुहिएपछि सारडा समूहका अध्यक्षसहित पाँच सदस्य फरार
नेपालबहस संवाददाता
असार २५, २०८० सोमबार १६:९:३४
२५ असार, विराटनगर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणको फाइल खोलेर अनुसन्धान अगाडि बढाएपछि उद्योगी व्यवसायीमा तरंग फैलिएको छ । यस प्रकरणमा संलग्न व्यवसायीहरू पक्राउ पर्ने डरले धमाधम फरार हुन थालेका छन् । सस्तो मूल्यमा ललिता निवासले चर्चेको जग्गा खरिद गरेको सारडा समूहका अध्यक्ष शिवरतन सारडासहित पाँच जना यति बेला फरार भएका छन् ।
उनीहरू प्रहरीले नियन्त्रणमा लिने सूचना पाएपछि फरार भएका हुन् । काठमाडौँको बालुवाटार स्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा उनीहरू पनि संलग्न भएको आरोप लागेको छ । सारडा समूह प्रतिष्ठित व्यापारी घराना हो । विराटनगरका व्यवसायीहरूका अनुसार सारडा समूहका पाँच सदस्य विगत असार १५ गतेदेखि सम्पर्कमा आएका छैनन् ।
सम्पर्कविहीन हुनेमा सारडा समूहका अध्यक्ष शिवरतन सारडा, राधेश्याम सारडा, श्रीनिवास सारडा, संविधानसभा सदस्यसमेत रहेका पवनकुमार सारडा र सारडा समूहका अध्यक्ष शिवरतन सारडाका छोरा सन्दिप सारडा फरार छन् । उनीहरूलाई ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धानमा सोधपुछ गर्ने सीआईबीको तयारी थियो ।
ललितानिवासको जग्गा दर्ता गर्नेमा मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल र उनका भाइ श्रवण गोयल पनि छन् । उनीहरू संचालक रहेको डिएलएफ डेभलपर्सले ललितानिवासको १८ रोपनी भन्दा बढी जग्गा दर्ता गरेको हो । कैलाशचन्द्र र श्रवण गोयलको साझेदारमा शिवरतन सारडा र सन्दीपकुमार सारडा छन् । हाल उनीहरु दुबई पुगेको बताइएको छ ।
गोयल दाजुभाई बहुर्राष्ट्रिय कम्पनीका ट्रेडमार्क चोरीमा संलग्न हुने गरेको आरोप लाग्दै आएको छ । कैलाशचन्द्र गोयलको उत्थान कसरी भएको हो ? गुट्खा, खाने तेलदेखि अन्तर्राष्ट्रिय उत्पादनको ट्रेडमार्क उद्योग विभागमा पहिल्यै दर्ता गर्ने र उक्त कम्पनी नेपालमा लगानी गर्न आउँदा मुद्दा हालेर दुःख दिँदै अदालत सेटिङ गरी नेपालमा लगानी नै आउन नदिने मुख्य पात्रका रुपमा गोयल परिचित छन् । उनले चर्चित जापानीज पेन्ट कम्पनी कन्साई नेरोलिकलाई नेपालमा उत्पादन गर्न आएपछि मुद्दा हालेर त्यसै गरी दुःख दिएका छन् ।
उनीहरूको नाममा ललिता निवासको जग्गा रहेपनि कति छ र कुन कुन कित्ता हो भन्ने यकिन भएको छैन । ३९७ जनाको लिष्टमा उनीहरुकाे पनि नाम समावेश छ । उनीहरूले कतिमा कति जग्गा किनेका थिए भन्ने कुरा जान्नका लागि पनि सीआइबीले सोधपुछ गर्ने तयारी गरेको हो । ललिता निवासको चार नम्बरपछिको जग्गा उनीहरूले किनेको बुझिएको छ । विराटनगरका उद्योगीहरुले पनि सम्पर्क गर्न खोज्दा उनीहरू भेटिएका छैनन् ।
स्थानीय उद्योगी भन्छन्, ‘उनीहरू जस्तो प्रतिष्ठित मान्छे भाग्नुपर्ने अवस्था सिर्जना भएपछि उद्योग व्यवसायीको क्षेत्रमा त्रास फैलिएको छ ।’ ललिता निवासको तेस्रो र चौथो नम्बरको जग्गा विवादित छ । सारडा परिवारको नेपालमा लामो इतिहास छ । ४० को दशकदेखि उनीहरू विराटनगर र काठमाडौं व्यापार र व्यवसाय चलाउँदै आएका छन् ।
नाेटःयस अघि सारडा समुहको यो समाचारमा शंकर समुहका लगानीकर्ताहरुको पनि फोटो असावधानीवस पर्न गएकोमा सो को भूलसुधार गरि सच्चाइएको छ । सम्पादक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार