तेस्रो दिन पनि कोशी प्रदेश सरकारविरुद्धको रिट हेर्न नभ्याइनेमै राखियो
नेपालबहस संवाददाता
असार २६, २०८० मंगलबार १२:४९:१८
२६ असार, काठमाडौं । सर्वोच्च अदालतमा कोसी प्रदेश सरकार विरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको छ ।
यसअघि, दुई पटक सुनुवाइ तोकिएको भए पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको हो । बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा एमालेका तर्फबाट रिट दायर गरिएको थियो ।
कोसीका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधान विपरीत सरकार गठन भएको भन्दै रिट दायर गरेका हुन् । रिटमा हालै नियुक्त भएका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार