सरकार केही गर्न नसक्ने अवस्थामा आएपछि भ्रष्टाचार विरोधी अभियान भनेर एमालेतिर खनिएको छः ओली
नेपालबहस संवाददाता
असार २६, २०८० मंगलबार १६:१३:३८
२६ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउन रहेको बताएका छन् । वाग्मती प्रदेश संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै उनले सरकारले हल्ला फैलाउने काम मात्रै गरेको बताए ।
ओलीले केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र गरेको बताएका छन् । उनले भ्रष्टाचारविरोधी काममा सरकारको योगदान नै नभएको बताए । भुटानी शरणार्थी प्रकरणमा १९ जेठ २०७९ मै प्रहरी कहाँ निवेदन परेको भए पनि अहिले सरकारमा भएकाहरुले ढाकछोप गरेको र बाहिरिएपछि अघि बढाएको उनले बताए ।
यो नियमित प्रक्रियाअनुसार अघि बढेको भन्दै उनले हामीले गर्यौं भन्नु व्यर्थको पोलिटिकल स्टन्ट मात्र भएको उनले बताए । ओलीले अहिलेको सत्ता गठबन्धनमा उस्तै उस्तै दलहरू रहेकाले गठबन्धन कायम गर्न चाहिरहेको पनि बताए । सरकारको तागत झुट बोल्ने, अफवाह फैलाउने देखियोे, उस्तै उस्तै मिलेकाले, गठबन्धन भएकाले गठबन्धन कायम राख्न चाहन्छन्, उनले भने
ओलीले एमालेको नीति प्रष्ट रहेको बताए । उनले एमालेको नजर सरकारतिर नरहेको बताए । एमाले मिसन ०८४ मा हिँडेको र नीतिहरु स्पष्ट भएको उनको भनाइ छ । ओलीले अहिलेको सत्ता गठबन्धन एमालेविरुद्ध हल्ला फैलाउन लागिपरेको पनि बताए । उनले आफूहरूलाई बदनाम गराउने कदम चालिएको बताए । उनले एमालेकै नेता कार्यकर्ता पार्टीको प्रचारमा नलागेको पनि बताए । प्रायः साथीहरू हाम्रा कामबारे भन्नुहुन्न, सरकारमा हुँदा यो गरियो भनेर कोही बोल्दैन, हामीले गरेको काम भन्नुपर्याे, उनले भने ।
ओलीले पशुपतिको जलहरुको विषयमा पनि झुटा कुरा फैलाइएको बताए । सुनको जलहरीलाई पित्तलको चुनिएको उनको भनाइ छ । सुनको जलहरी होइन, पित्तल चढाए भनेर तामिल गरेर संसदमा लगिन्छ, झुटा अफवाह फैलाएबापत लाज सरम छैन, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार