विमानस्थल भन्सारमा प्रहरी राख्ने तयारी अर्थले नमानेको उपप्रधानमन्त्री श्रेष्ठको दावी
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार १४:१:२
२८ असार, काठमाडौं । त्रिभुवन विमानस्थलमा अध्यागमन विभाग तथा भन्सार विभागको मात्रै चेकजाँच रहेको स्थानमा प्रहरीको चेकजाँच रहने गरी गृहमन्त्रालयले तयारी थाले पनि अर्थमन्त्रालयले मानेको छैन । प्रहरीले विमानस्थलको सुरक्षा जाँच पास मागेको लामो समयपछि गृह मन्त्रालयले अर्थ मन्त्रालय र निजामति कर्मचारीको नियन्त्रण र कार्यक्षेत्र रहेको अध्यागमन विभाग र भन्सार विभागसँग प्रहरीसहितको सुरक्षा जाँचपासबारे तयारी थालेको थियो । तर अर्थमन्त्रालयले सिधैं अस्वीकार गरेपछि सो प्रस्ताव गृहमै अलपत्र परेको छ ।
‘विदेशबाट आउने यात्रुहरूको चेकजाँचमा लापरवाही देखिएको छ, त्यसकारण पनि यी दुवै स्थानमा प्रहरीको उपस्थितिबारे मन्त्रालयले बहस थालेको छ, भन्सार चेकजाँचमा पनि प्रहरीको उपस्थिति रहने गरी अर्थमन्त्रालयसँग कुराकानी गरिएको छ’, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार भन्सारबाट हुने कमजोरी र भन्सारकै कर्मचारी संलग्न भएर अपराधी छुट्ने अवस्थालाई रोक्न पनि प्रहरीको आवश्यकता महशुस गरिएको हो । ‘अर्थमन्त्रालयलाई मनाउन कठिन छ, अर्थले मानेकाे भोलिदेखि नै विमानस्थल भन्सार चेकजाँचमा प्रहरी खटाउन सकिन्छ’, आफ्नै निवासमा भेटघाटका लागि बोलाएका केही सीमित पत्रकारसँग उपप्रधानमन्त्री श्रेष्ठले भने ।
खासगरी ई–सिगरेट (विद्युतीय चुरोट)भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी घटना भएपछि मन्त्रालयले भन्सार कार्यालयको चेकजाँचमा प्रश्न उठाएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सो बारे अनुसन्धान गरिरहेको छ । सो सुन चोरी गर्ने मूख्य योजनाकार भन्सार एजेन्ट दिनेश बस्नेत भएको खुलिसकेको छ । विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासँग मिलेर उनले नौ किलो सुन चोरी गरी बिक्री गरेका थिए ।
भन्सार एजेन्ट बस्नेत र नासु खड्कालाई पक्राउ गरेको एक महिना हुँदा पनि चोरी भएको सुन भने बरामद हुन सकेको छैन । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुसहित चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तर, सुन बरामद हुन सकेको छैन भने गिरोहमा संलग्न अन्य व्यक्तिहरूसमेत फरार छन् । ‘भन्सारका कर्मचारीले सुन बरामद गरेपछि मानिसलाई त्यतिकै छाडेको देखिन्छ तर त्यहाँ प्रहरी भएको भए त्यो मानिसलाई पक्राउ गरी अनुसन्धान हुन्थ्यो’, मन्त्रालयका एक कर्मचारीले भने ‘यो विषय निकै गम्भीर भएकाले अर्थमन्त्रालयसँग भन्सार चेक जाँचपास बारे प्रश्न गरिएको छ मन्त्रीज्यूले पनि यो विषयमा कुराकानी गरेर प्रहरीलाई पनि चेक जाँचपासमा राख्नुपर्ने भन्दै अर्थमन्त्रालयसँग कुरा गरिसक्नु भएको छ’, गृहमन्त्रालयका एक कर्मचारीले भने । यो घटना गत पुस १० मा भएको थियो ।
सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले यो विषयमा अनुसन्धान भैरहेकोले धेरै कुरा बताउन नमिल्ने बताइएकी छिन् । ‘यो विषयमा अनुसन्धान नै सकिएको छैन, धेरै कुरा खुल्न बाँकी छ । संगठित अपराध मुद्दामा हामीले पक्राउ परेका अभियुक्त विरुद्ध अनुसन्धान अघि बढाएका छौ’, एआईजी बज्राचार्यले भनिन ।
सो सुन विदेशबाट तस्करी गरी ल्याउने र चोरेर बेच्ने समूह फरक–फरक छन् । सुन बिक्री गर्ने केही पक्राउ परे पनि तस्करी गरेर ल्याउने गिरोहसम्म प्रहरी पुग्न सकेको छैन । घटना योजनाबद्ध र जटिल देखिएपछि प्रहरीले यसलाई संगठित अपराध कसुरमा पनि अनुसन्धान थालेको छ ।
गत १० पुसमा विमानस्थलस्थित भन्सार कार्यालयले विदेशबाट आएका एक यात्रुको दुई सुटकेस शंका लागेपछि रोकेको थियो । एक चिनियाँ नागरिकले ठूलो मात्रामा ई–सिगरेट ल्याएकामा शंका लागेर भन्सारले रोकेको थियो । एकै व्यक्तिले धेरै ई–सिटरेट ल्याएकाले त्यसमा आरसी (रिचेक) ट्याग लगाएर नियन्त्रणमा लिइएको थियो । भन्सार स्रोतका अनुसार एक्सरेको क्रममा सुनजस्तो शंकास्पद वस्तु पनि देखिएको थियो । त्यसरी शंकास्पद देखिएकामा सम्बन्धित व्यक्तिलाई पनि नियन्त्रणमा लिनुपर्ने हुन्छ । तर, ती सुटकेस लिएर आएका चिनियाँलाई त्यत्तिकै छाडिएपछि लामो समय सो सुटकेश भन्सारमै रह्यो । तस्करहरूले विद्युतीय चुरोट भनेर भन्सारबाट लिलाम गर्न लगाउने र नौ किलो सुन तस्करी गर्ने योजना रहेको थियो ।
स्रोतका अनुसार त्यसका लागि सेटिङ पनि मिलिसकेको थियो । लिलामीको अन्तिम तयारी हुँदा उनीहरूले सुटकेस चेक गर्दा त्यति बेलासम्म ई–सिगरेटलाई अर्को स्थानमा पुर्याएर नयाँ कुनै ई-सिगरेट राखिएको थियो । सुटकेसको हेरचाह गर्ने जिम्मेवारी नासु खड्कालाई थियो । भन्सार एजेण्ट बस्नेतले नै अरू ई–सिटरेट किनेर खड्कालाई दिई साटफेर गरिएका थिए र सुन बाहिर लगिएको थियो ।
जसबापत खड्काले ६५ लाख रूपैयाँ लिएका थिए । स्रोतका अनुसार उनले करिब नौ करोड पर्ने सुन करिब ६ करोड रुपैयाँमा बिक्री गरेको खुलेको छ । यति ठूलो घटनामा भन्सारकै कर्मचारी र भन्सार एजेण्ट संलग्न हुनुले प्रहरी अनुसन्धानको क्रममा विमानस्थलभित्र रहेको भन्सार चेक जाँचपासमा पनि प्रहरी राख्नुपर्ने आवश्यकता महशुस भएको गृहमन्त्रालयका कर्मचारीहरूले दावी गरेका छन् । सो घटनामा भन्सारको सुरक्षा गार्डले समेत २७ लाख हात पारेको प्रहरीको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार
मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल
पुष २१, २०८१ आइतबार
अमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार