मनाङ एयर हेलिकप्टर दुर्घटना: पाइलट प्रेसरमा परेको आशंका
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार १४:४७:४७
२९ असार, काठमाडौं । मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर उडेको केहीबेरमै सोलुखुम्बुको लिखुपिके गाउँपालिका- ५ लामजुरामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो ।दुर्घटनामा परी हेलिकोप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ।
हेलिकोप्टर पाइलट चेतबहादुर गुरूङसँगै हेलिकोप्टरमा सवार मेक्सिकोका नागरिकहरू फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेसको पनि मृत्यु भएको छ।
मनाङ हेलिकोप्टरका सञ्चालक मुक्ति पाण्डेका अनुसार चेतबहादुर गुरूङ सिनियर एवं अनुभवी पाइलट हुन्। ५४ वर्षीय गुरूङ मनाङ एयरको फ्लाइट सेफ्टीको समेत जिम्मेवारीमा थिए ।
हेलिकोप्टर दुर्घटनापछि सरकारले दुर्घटनाको कारण पत्ता लगाउन छानविन समिति गठन गरेको छ भने सबै हेलिकोप्टरको उडान कार्यमा कडाइका साथ नियमन गर्ने बताएको छ । तर, अधिक नियमनबाट मात्र हवाई दुर्घटनामा कमी आउन सम्भव नरहेको दावी गर्दै विज्ञ तथा जानकारले पाइलट प्रेसरमा परेकै कारण मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको दावी गरेका छन् ।
एक हवाई विज्ञका अनुसार हवाई दुर्घटना नियमनकारी निकायले चाहिने भन्दा बढी नियमनको प्रावधानले हवाई दुर्घटना न्यूनीकरण हुन्छ भन्ने मान्यता सधै सत्य नहुन सक्दछ । मनाङ एयरको हालै दुर्घटनामा परेका पाइलट क्याप्टेन चेत बहादुर गुरुङको हेलिकोप्टर उडानको सिलसिलामा मे महिनामा एक दिन इन्जिनियरबाट नियमित दैनिक चेकजाँच गरेको हेलिकोप्टरको चेकजाँचको म्याद २४ घन्टा बढी जम्मा १ घन्टा गुजारेकै कारण ३१ मे २०२३ देखि १८ जुन २०२३ सम्म ग्राउन्डेड भएर नेपाल नागरिक उड्डयन प्राधिकरणको कारबाहीमा परेका थिए ।
दुर्घटनाग्रस्त हेलिकोप्टर पनि दुर्घटनाको अघिल्लो दिन काठमाडौंको इन्जिनियरले चेकजाँच गरी अघिल्लो दिन करिब १२ बजे काठमाडौंबाट उडेको थियो । दुर्घटना भएको दिनको मध्याह्न १२ बजे अगाडि नै इन्जिनियरले गरेको चेक जाँचको म्याद सकिने भएकाले पनि पाइलटले प्रेसरमा जहाज उडाएको आशंका पाइलट तथा जानकारहरुले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार
पर्यटकीयस्थल घोडेपानीमा हिमपात, जनजीवन प्रभावित
पुष २३, २०८१ मंगलबार
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
पुष २२, २०८१ सोमबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार