पालिकाको निर्णय लत्याउँदै मनपरी शुल्क उठाउँदै विद्यालय
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार १२:९:२९
•दीपक शर्मा
२९ असार, बर्दिया । नगरपालिकाले कुनै पनि बहानामा सामुदायिक विद्यालयले विद्यार्थीबाट शुल्क नलिन गरेको निर्देशनलाई बर्दियाका केही विद्यालयले लत्याइदिएका छन । बर्दियाको बारबर्दिया नगरपालिकामा रहेको अमर सहिद दशरथचन्द मावि खैरेनीले अभिभावकसँग तोकेरै शुल्क लिएको पाइएको हो ।
विद्यालयले कक्षा १ देखि ३ सम्म प्रति विद्यार्थी १ सय रूपैयाँ , कक्षा ४ देखि ७ सम्मको लागि २ सए रूपैयाँ र ८ कक्षा देखि १० कक्षा सम्मको लागि ३ सय रूपैयाँ विना रसिद रकम उठाइरहेको पाइएको हो । नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरूलाई आफू खुशी विद्यालय शुल्क नलिन निर्देशन दिएकोमा त्यसलाई चुनौती दिँदै सो विद्यालयले शुल्क उठाउने गरेको अभिभावकहरूको भनाई रहेको छ ।
पालिकाले आधारभूत अनिवार्य तथा निःशुल्क र माध्यमिक तह निःशुल्क घोषणा गरिएको स्मरण गराउँदै पालिकाले सूचना निकालेरै कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो । पालिकाले दिएको निर्देशन विपरीत शुल्क लिइएको पाइएमा पचलित कानुन बमोजिम कारबाहीको चेतावनी दिएको भएपनि विद्यालयले आफू खुसी विभिन्न बहानामा शुल्क उठाउने गरेका हुन ।
विना रसिद तोकेरै अभिभावकसँग रकम माग गरिएको विषयमा विद्यालयका प्रधानाध्यापक छविलाल पोख्रेललाई सम्पर्क गर्दा उनले जवरजस्ती शुल्क नमागिएको अभिभावकले स्वेच्छाले दिएको दावी गरे । उनले विद्यालयको अन्य स्रोत नभएको हुँदा केही कामका लागी तोकेरै नभएर अभिभावकसँग सहयोग मागेको बताए, साथै उनले जवरजस्ती भने नगरेको बताए ।
अभिभावकसँग विद्यालयलाई सहयोग माग गरेकोमा केही अभिभावकले दिन नसक्ने भने पछि परीक्षामा सहभागी नगराइने भन्दै विद्यालयले जवरजस्ती गरेको अभिभावकहरूको भनाई रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार