लम्की स्किन महामारी नियन्त्रणमा भइरहेका कामबारे जानकारी दिन सरकारलाई सभामुखको रुलिङ
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार १५:३१:२९
२९ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले पशुचौपायमा महामारीको रुपमा देखिएको लम्की स्किन रोगको नियन्त्रणसहितका विषयमा सदनलाई जानकारी गराउन सरकारको नाम रुलिङ जारी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरुले लगातार लम्की स्किनबारे सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए । शुक्रबार पनि लम्की स्किनबारे सांसदहरुले कुरा उठाएपछि सभामुख घिमिरेले लम्की स्किन रोगको नियन्त्रणको तयारीसहितका विषयमा सदनलाई जानकारी गराउन सम्बन्धित् मन्त्रीलाई रुलिङ गरेका हुन् ।
यस्तै कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पशुचौपायमा महामारीको रुप लिएको लम्की स्किन रोग नियन्त्रणका लागि पाँचवटा सुझाव दिएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पाँच बुँदे सुझाव दिएका हुन् ।
पशु स्वास्थ्य आपत्तकाल महसुस गरेर सम्बन्धित् सम्पूर्ण निकायलाई यसविरुद्ध सम्पूर्ण रुपमा केन्द्रित गर्न, आवश्यक बजेट अविलम्ब प्रवन्ध गर्न, पर्याप्त खोप आयात गर्न, गाउँगाउँमा पशु चिकित्सक र प्राविधिक परिचालन गर्न र चौपाय मृत्युले नोक्सानी व्यहोरेका किसानलाई राहतको योजना ल्याउन उनले पाँच बुँदामा सरकारको ध्यानाकर्षण गराए ।
साथै मिटरब्याजपीडितलाई न्याय दिनका लागि तत्काल विधेयक सदनमा ल्याउन सरकारसँग शर्माको माग छ । सांसदहरुले सरकारको जवाफ मागेपछि सभामुखले जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार