अब हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार २२:३२:५८
२९ असार, लमजुङ । लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।
अगामी आर्थिक बर्ष २०८०/०८१ बट नगरपालिकाभित्र रहेका हल गोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने र प्रोत्साहन भक्त वितरण गर्ने नगरपालिका प्रमुख गमानसिंह अर्यालले बताए । गाँउका खेतबारी विभिन्न अन्नबालीले हराबरा बनाउनका लागि नगरपालिकाले गोरु पाल्ने कृषककालाई भत्तको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।
अहिले गाँउघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरु संरक्षण र खेत बाँझिना नदिनका लागि गोरुपालनमा भत्तको कार्यक्रम ल्याईएको हो । गोरु पाल्दा सामन्य परिवारलाई मिल्छ । घरको गोरु घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुन्छ भने गोरुको मल खेतबारीमा समेत प्रयोग गर्न पाइन्छ । घरमै गोरुपालन गरीयो भने किसानका खेतबारी बाँझो पनि हुँदैन भने अरुको खेत जोत्द आम्दानी पनि राम्रै हुन्छ ।
नगरपालिकाले किसानलाई अनुदानमा ६ सय वटा हाते ट्याक्टर पनि वितरण गरीसकेको छ । हल गोरु हराउदै गएको अवस्थामा हाते ट्याक्टर प्रयोगम आउन थाले पछि गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जाने क्रम बढेकाले नगरपालिकाले हल गोरुको संरक्षण गर्नका लागि उक्त कार्यक्रम ल्याइएको नगरपालिका उपप्रमुख पदमा गुरुङले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
बिहान खाली पेटमा मनतातो पानीसँग हिंग खानुका आश्चर्यजनक फाइदा
पुष २५, २०८१ बिहिबार
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार