प्रतिनिधिसभा बैठक बस्दै, मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक अगाडि बढाइने
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार ९:०:२२
३१ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । दिउँसो १ः०० बजे बैठक बोलाइएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विद्येयक २०८०’ लाई प्रस्तुत गर्नेछन् ।
उनले सो प्रस्तावमाथिको संशाेधनहरुलाई निर्णायार्थ प्रस्तुत गर्ने देखी पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
अध्यादेश निष्क्रिय भएर प्रतिनिधिसभामा अलपत्र मिटरब्याज सम्बन्धी प्रतिस्थापन विधेयक अगाडि बढाउन सत्तारूढ दलहरू सहमत भएकाले आज पास हुने भनिएको छ । आइतबार प्रतिनिधिसभामा दफावार छलफल सकेर त्यसै दिन पारित गर्ने सत्तारूढ दलहरूको तयारी छ । तर, विधेयक अगाडि बढाउन तयार रहे पनि विपक्षी दलहरूले प्रक्रियाको विषयमा छलफल गर्नुपर्ने बताएका छन् ।
संसद् सचिवालयले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभाको आइतबार बस्ने बैठकको सम्भावित कार्यसूचीमा राखेको छ । दफावार छलफल सकेर मिटरब्याज सम्बन्धी कानुन बनाउन विधेयक आइतबार नै पारित गर्ने तयारी छ । विधेयकमा १४ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ र सत्तापक्षीय प्रमुख सचेतकहरूबीच शनिबार गृह मन्त्रालयमा भएको छलफलमा विधेयकको विषयवस्तुमा सहमति जुटेको छ ।
यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पति भएको ‘नेपाल विश्वविद्यालय विद्येयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार