एमालेले धुपबत्ती बाल्दैमा सत्ता गठबन्धन र सरकार तलमाथि हुँदैनः मन्त्री ज्वाला
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार ११:२५:४५
३१ असार, जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले एमालेको चाहनाले सत्ता गठबन्धन नभत्कने र सरकार परिवर्तन पनि नहुने बताएका छन् । उनले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने बताएका छन् । आइतबार जनकपुरधाममा मन्त्री ज्वालाले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।
उनले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर कसैले धूप बत्ती बाल्दैमा नढल्ने टिप्पणी गरे । प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू एक ठाउँमा रहेको उल्लेख गर्दै उनले गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे ।
उनले भने, ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ । यो कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धूपबत्ती गर्दैमा गठबन्धन ढल्दैन । किनभने, यसको ग्राउन्ड छ । प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू छन् ।’
उनले चुनावका बेलामा सँगै अघि बढेका शक्तिहरू एक ठाउँमा रहने र जटिल मोडहरुमा एकताबद्ध भएका शक्तिहरू एक ठाउँमा नै रहने बताए । यो ढलेर फाइदा पाइहाल्छाैं कि भनेर आशावादी भएकाहरूको आशा पूरा नहुने उनको भनाइ छ । मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्र नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको जिकिर गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार