बगानको व्यापारमा उत्साह, उपत्यकाका अधिकांश हलमा दर्शकहरू भरिभराउ
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार ११:५२:०
३१ असार, काठमाडौं । यो शुक्रवार रिलिज भएको नेपाली चलचित्र 'बगान'ले नेपाली चलचित्र क्षेत्रमा सुखद खबर ल्याएको छ । शनिबार काठमाडौं उपत्यकाका अधिकांश हलमा दर्शकहरू भरिभराउ देखिएका छन् । यो चलचित्रले कति ग्रस कलेक्सन गर्यो भन्ने यकिन तथ्याङ्क भने आईपुगेको छैन । लामो समयपछि नेपाली चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । शनिबार नै केही शो संख्या थप भएकोमा शनिबारको व्यापारपछि आइतबारको लागि अझै थप शो थपिएको काठमाडौँ उपत्यका वितरक करण श्रेष्ठले बताए ।
वितरक श्रेष्ठले पछिल्लो समयमा चलिरहेका चलचित्र भन्दा अत्यन्त राम्रो व्यापार भएको बताए । उनले असारको झरीमा समेत दर्शकलाई हलसम्म ल्याउन 'बगान' सफल रहेको बताए । 'आज काठमाडौँ उपत्यकाका प्रायः हलहरू हाउसफुल देखिएका छन् । काठमाडौँ बाहिरबाट पनि राम्रो खबर आएको छ । हिजोभन्दा आज हल थपिएको छ भने आइतबार पनि हल सङ्ख्या थप भएका छन् । यसको मतलब यो चलचित्र सफल हुने बाटोमा छ', ग्रस कलेक्सनको रिपोर्ट आजै प्राप्त नहुने जनाउँदै श्रेष्ठले बताए ।
शनिवार पनि काठमाडौँका विभिन्न हलहरूमा पुगेका निर्देशक तथा अभिनेता सरोज खनालले आफुले जुन उद्देश्यले हामीले चलचित्र बनाएको हो, त्यो पुरा हुने बाटोमा अगाडि बढेको बताए । उनले भने, 'हाम्रो चलचित्रको उद्देश्य पुरा हुँदैछ । यो शुक्रवारदेखि नै ब्लकबस्टर हुने चलचित्र होइन, एकजनाले हेरेर दुईजनालाई हेर्नुस् भन्ने चलचित्र हो ।' व्यापारको सन्दर्भमा खनालले आफु निर्देशक भएकोले व्यापारको दृष्टिकोण नराखेको बताए । 'हामी हलमा पुग्दा अँगालो हालेर रुनुभएको छ, त्यो नै मेरो सफलता हो । व्यापारिक रुपमा पनि यसले राम्रो नतिजा दिईरहेको छ, स्थिती हेर्दा निर्माता सुरक्षित हुनुहुन्छ', उनले थपे ।
अभिनेत्री करिश्मा मानन्धरले आफुलाई नयाँ प्रकृतिको भूमिकामा दर्शकले स्विकारेको बताइन् । 'दर्शकको आँखामा जुन श्रद्धा भाव देखेँ मेरो लागि नितान्त नयाँ अनुभव हो । पहिले मलाई ग्लामरस नायिकाको रुपमा हेर्नुहुन्थ्यो भने अहिले दृष्टिकोण फेरिएको छ ।' उनले 'बगान'मा रोना धोना मात्र नभई खुशी कसरी हुने, समस्याको समाधान के हो भन्ने कुराहरु पनि रहेको बताईन् । उनले थपिन्,'कति धेरै समस्या रहेछन् नि हैन ? यो चलचित्र सबैको कथा जस्तो भएको छ । कतिले मन थाम्न सक्दिन होला पनि भन्नु भाको छ, म चाहिँ आएर हेर्नुस भन्छु ।'
'बगानुबाट ठुलोपर्दामा प्रवेश गरेकी प्रमिला कार्कीले ुबगानु रिलिज पछिका हरेक पल आफ्नो लागि नयाँ रहेको बताइन् । आफ्नो भूमिकाले समाजमा सकारात्मक सन्देश फैलाउन सफल रहेको जनाउँदै कार्कीले भनिन्, 'म एकदमै उत्साहित भएको छु । चलचित्रमा मैले निभाएको पात्रले आफ्नो आमाको लागि जुन काम गरेको छ, केहिले त आफ्ना साना साना छोराछोरीलाई 'बगान' देखाएर यो दिदी जस्तै बन्नुपर्छ है समेत भन्नुभएको पाएँ । त्यो सुन्दा म भावुक भएँ ।'
'बगान'का निर्माता सुरेश वाग्लेले दर्शकलाई मनपर्ने बिषयमा लगानी गरेको रहेछु र ठीक गरेको रहेछु भन्ने महशुस भएको बताए । उनले भने, 'पहिलो पटक चलचित्र बनाएको म शनिबार दर्शकको साथले खुशी भएको छु ।'
अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र 'बगान'मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।
स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।
यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरूमा फिल्म प्रदर्शन हुनेछ । 'बगान'को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार