सोमबारे औँशीबाट साउन महिना प्रारम्भ, कण्डारक राक्षसको पूजा गरि साँझ लुतो फालिने
नेपालबहस संवाददाता
साउन १, २०८० सोमबार ११:१४:१
♦ सुरेशचन्द्र रिजाल
१ साउन, काठमाडौं । सूर्यको राशि परिवर्तन सामान्यतया प्रत्येक महिनामा भइरहने नियमित ऋतु चक्रको नियम नै हो । पूर्वीय गणना पद्धति अर्थात् ज्योतिषीय पञ्चाङ्गअनुसार श्रावण महिनामा पर्ने कर्टक संक्रान्ति र माघ महिनामा पर्ने मकर संक्रान्तिलाई धार्मिक तथा वैज्ञानिक दुवै हिसाबले महत्त्वपूर्ण दिनका रुपमा ब्याख्या गरिएको छ ।
मक्कर संक्रान्ति बाट उत्तरायण भएका सूर्य देव श्रावण संक्रान्ति अर्थात् आजबाट पुनः दक्षिणायण भएका छन् । आज श्रावण महिनाको पहिलो दिन सोमबारे औँंशी परेकाले पनि विशेष फलदायी अत्यन्तै शुभ संयोग जुरेको छ । विशेषगरी नबोलेर स्नान गर्ने, कुल पितृको नाममा तर्पण गर्नाले सम्पूर्ण दोष बाट मुक्ति मिल्ने शास्त्रीय वचन रहेको छ ।
आज साउने संक्रान्तिको दिन विशेषगरी साँझको समयमा घरको प्राङ्गणमा दीप, कलश, गणेश स्थापना गरि पूजागर्ने त्यसपछि कण्डारक देवताको पूजा गरी लुतो फाल्ने काम गर्नुपर्दछ ।
कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । विवाहित महिलाहरू साउने संक्रान्तिदेखि साउन महिनाभर सौभाग्यको प्रतीक र हरियो तथा पहेंलो बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्नाले अटल सौभाग्य रहिरहने शास्त्रीय नियम रहिआएको छ।
(लेखक सुरेश चन्द्र रिजाल ज्योतिषी तथा वास्तुविद् हुन् । )
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार