विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ
नेपालबहस संवाददाता
साउन २, २०८० मंगलबार १४:१९:३३
२ साउन, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-६ लेकसाईडस्थित सुबिलम्ब होटलको १०५ नम्बरको कोठाबाट अवैध लागूऔषध गाँजा २५ किलो २ ग्रामसहित सिन्धुली तिनपाटन गाउँपालिका-५ बस्ने २४ वर्षीय बिक्रम मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले होटलको कोठाको बोरामा लुकाई राखेको उक्त गाँजा बरामद गरी उनलाई पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका(७ बस्ने ४१ वर्षीय प्रमोद बस्नेत र सोही नगरपालिका-८ बस्ने २४ वर्षीय प्रतिक शाही रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ प ३३८७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका-६ स्थित मेची भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्रामसहित सोही नगरपालिका-६ भानुटोल साठीबिघा बस्ने २९ वर्षीय अशोक डुम्जन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२-०२२ प ८७२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा हेलमेटको भित्री भागमा लुकाई ल्याएको उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।
इलामको सूर्योदय नगरपालिका-६ कन्यामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ८० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्योदय नगरपालिका(५ समालबुङ बस्ने २१ वर्षीय प्रसिस खड्का र सोही नगरपालिका-६ कन्याम बस्ने २४ वर्षीय समिर तामाङ रहेका छन् । प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरीले झापाबाट ईलामतर्फ आउँदै गरेको बा.२१ च ७९७१ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित कार चालक खडका र कारमा सवार तामाङलाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार