राना समुदायमा ‘सावनको डोला’को रौनक
नेपालबहस संवाददाता
साउन २, २०८० मंगलबार १५:३४:५१
२ साउन, दोधारा चाँदनी । कञ्चनपुरका राना समुदायमा सावनको डोलाको रौनक छाएको छ । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् ।
सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ । राना थारू समुदायले साउन महिनामा घर तथा समूहमा पिङ हालेर खेल्ने र सावनका डोला मनाउने परम्परा छ ।
यस वर्ष मलामासका कारण भदौ २ गते तीज मनाउने निर्णय गरे पनि त्यसअघी परम्परागत पहिरनमा सजिएका राना महिला आफ्नै पारामा गीत गाउँदै डोला खेल्दै रमाइलो गर्दछन् । यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको राना समुदायका जानकार बताउँछन् ।
भीमदत्त नगरपालिका–१९ का साहेब रानाले साउन १ गते नै राना गाउँमा सावनको डोला (पिङ) हालेको बताए । “हाम्रो समुदायले साउनमा मनाउने गरेको तीज पर्व यस वर्ष मलामासका कारण भदौ २ गते मनाउने निर्णय गरेका छौँ”, उनले भने, “तीजअघि नै हाम्रो समुदायमा सावनको डोला राख्ने चलन छ ।” उनले विशेषगरी दिदीबहिनीले पिङमा मच्चिदै माङ्गलिक गीत गाउने गरेको जानकारी दिए ।
राना समुदायका महिलाहरूले दाजुभाइ र भतिजाहरुको दीर्घायुका लागि व्रत बसेर तीज मनाउने प्रचलन रहेको राजमती रानाले बताए । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायमा तीज पर्व आउन एक महिना अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने र तीज पर्व मनाउने चलन रहेको उनले जानकारी दिए ।
“हामी साउन महिनाभर सावनकी डोला मनाउँछौँ,” राजमतीले भने, “सावनकी डोलामा दिदीबहिनी तथा साथीभाइसँग रमाइलो हुन्छ ।” छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यस समुदायमा पछिल्लो समय सावनको डोलाको महत्व र परम्परागत मान्यता नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको राना समुदायका अग्रज बताउँछन् ।
“राना समुदायका पर्वहरु पुस्तान्तरण हुन सकेका छैनन्”, समुदायका जानकार सेटसिंह रानाले भने, “बदलिँदो समयसँगै हाम्रा पर्वहरु पनि लोप हुन थालेका छन् ।” उनले अहिले पिङ राख्न काठ पाउनै मुस्किल पर्ने गरेको बताए । “अहिलेका युवालाई यसप्रति चासो छैन धेरै रोजगारीका लागि बाहिर छन्”, उनले भने, “हाम्रा परम्पराहरु अन्य समुदायको भन्दा पृथक छन् यसको पुस्तान्तरण हुनु जरुरी छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार