ललितानिवास जग्गा प्रकरण : व्यापारी र बस्नेतको खोजीमा सीआईबीको टोली भारत पुग्याे
नेपालबहस संवाददाता
साउन ३, २०८० बुधबार २२:४५:५६
३ साउन, काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका केही व्यापारी र पूर्व अख्तियार प्रमुख दीप बस्नेत फरार भएपछि प्रहरीको एउटा टोली भारत पुगेको छ । बालुवाटार जग्गासँग सम्बन्धित रहेका व्यापारीहरू अहिले मोबाइल स्वीच अफ गरेर भारततर्फ फरार भएपछि उनीहरूको निगरानीका लागि भारतीय प्रहरीसँग समन्वय गरेर नेपाल प्रहरीको टोली भारत पुगेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त दीप बस्न्यातले देश छाडेर दिल्लीमा रहेका छन् । बस्न्यातमाथि सरकारको सचिव हुँदा ललिता निवास प्रकरणमा भूमिका खेलेको आरोप छ । अर्का आरोपी शोभाकान्त ढकालकी पत्नी उमा ढकाल पनि फरार छिन् ।
सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा र उनका छोरा सन्दीपकुमारविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ पूर्जी जारीपछि भएसँगै शिवका बाबुछोरा तथा दाजुभाइ श्रीनिवास सारडा, राधेश्याम सारडा र पवनकुमार सारडा सम्पर्कविहीन छन् । यस प्रकरणमा मोरङ व्यापार संघ र उद्योग परिसंघ कोशी प्रदेशले विज्ञप्ति निकालेर सरकारले गरिरहेको अनुसन्धानबाट उद्योगी व्यवसायी हतोत्साहित हुनु परिरहेको बताएका छन् । अनुसन्धानका नाममा धरपकड भइरहेको उनीहरूको आरोप रहेको छ ।
राज्यसँग भएको रेकर्ड र स्रेस्ताका आधारमा कारोबार गरेको तथा सरकारी निकाय साक्षी राखेर सरकारले नै प्रमाणित गरिदिएको जग्गाको कारोबारमा कैफियत देखिँदा किन्ने मान्छे कसरी दोषी हुन्छ उनीहरूको बचाउ गर्ने कोसिस भइरहेको छ । सारडा परिवारभित्र कान्छो भाइ पवन संविधानसभा सदस्य तथा मोरङ व्यापार संघका पूर्व अध्यक्ष समेत हुन् । शिव रतन जेठो, श्री निवास माइलो र राधेश्याम साइँला भाइ हुन् ।
ललिता निवास प्रकरणमा सीआईबीले २०७७ मा विस्तृत अनुसन्धान गरी १४३ रोपनी जग्गा हिनामिना भएको भन्दै ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो । सरकारले सुवर्ण शमशेर र उनका आफन्तको नाममा रहेको जग्गा मुआब्जा लिएर २४ जेठ २०२२ मा अधिग्रहण गरेको थियो । तर, २०४९ सालमा राजकाज मुद्दा लागेपछि निर्वासनमा गएका सुवर्ण शमशेरको १२ रोपनी जग्गामात्र राष्ट्रियकरण गरिएकोमा सबै राष्ट्रियकरण गरिएको देखाएर २०४९ मा जग्गाका भोगाधिकारीले आफ्ना नाममा पारेको पत्ता लागेको थियो ।
त्यसपछि २०४९, २०६२, २०६६, २०६७ र २०६९ मा किर्ते गरी जग्गा व्यक्तिको नाममा लगिएको अनुसन्धानबाट खुलेको थियो । प्रहरीले उनीहरू बसेको स्थान पत्ता लगाउनका लागि भारतीय प्रहरीसँग समन्वय गरिरहेको स्रोतको दावी छ ।
प्रकरणमा अदालतले असार १५ गते पक्राउ पुर्जी जारी गर्नुअघि उनी असार १२ गते नयाँ दिल्ली गएका भनिएपनि केही दिन अघि काठमाडौं आएर विशेष अदालतबाट म्याद बुझेर दिल्ली गएका थिए । बस्नेत निकटहरुले उनी उपचारको लागि त्यता गएको बताउँदै आएका छन् । ललिता निवास प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार