त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब एक क्विन्टल सुन जोख्न राष्ट्र बैंक लगिँदै
नेपालबहस संवाददाता
साउन ४, २०८० बिहिबार ११:९:१७
४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बुधबार बरामद गरिएको सुन जोख्न नेपाल राष्ट्र बैंक लगिने भएको छ । राष्ट्र बैंकमा लगेर जोखेपछि बरामद सुनको वास्तविक तौल थाहा हुने राजश्व अनुसन्धान विभागले जनाएको छ ।
विभागकै टोलीले उक्त सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । आजै उक्त सुन राष्ट्र बैंकमा लगेर जोखिनेछ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बरामद भएको हो । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर हङकङबाट सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको हो ।
राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना एजेन्टसमेत रहेका छन् । उक्त प्रकरणमा मुछिएका र पोलिएका अन्य व्यक्तिको खोजी भइरहेको छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन ।
नेपालमा बरामद भएको यो परिणाम अहिलेसम्मकै बढी हो । रेडी ट्रेड लिंक बूढानीलकण्ठको नाममा उक्त सामान आयात भएको देखिएको छ । बरामद भएको सुन छुट्टयाएर तौल लिएपछि मात्र सुन कति छ भन्ने एकिन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
नेपालमा मंकीपक्स सङ्क्रमण पुनः देखियो
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
सर्वाेच्च अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं
पुष ५, २०८१ शुक्रबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’
पुष ५, २०८१ शुक्रबार