बाँकेमा किसान गड्यौला मलप्रति आकर्षित
नेपालबहस संवाददाता
साउन ४, २०८० बिहिबार १४:२०:२५
४ साउन, नेपालगञ्ज । बाँकेमा परीक्षणका रुपमा गड्यौलाबाट मलको उत्पादन गर्न गर्न थालिएको छ । रासायनिक मल समयमा नपाउने, पर्याप्त नपाइने र पाए पनि त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकुल प्रभाव पारेको भन्दै किसान गड्यौला मलप्रति आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले यसपटक परीक्षणका लागि सीमित किसानलाई गड्यौलाबाट मल उत्पादनका लागि सहयोग गरेको जानकारी दिए । “परीक्षण सफल भएमा कार्यक्रम विस्तार गर्ने योजना छ”, उनले भने । यसबाट उत्पादकत्व वृद्धि गर्ने र रासायनिक मलको मागसमेत घटने विश्वास रहेको जनाउँदै अहमदले अबको खेती प्रणालीमा यसको प्रयोग आवश्यक भएको बताए । मल उत्पादनका लागि केन्द्रले यस आर्थिक वर्षदेखि रु सात लाख लगानी भएको जनाएको छ ।
साकारा कृषि सहकारीका कृषि प्रमुख बलबहादुर सुनारले गड्यौलाबाट मल उत्पादन र त्यसको प्रयोगबाट किसानले लाभ प्राप्त गरे कृषि उत्पादनमा परिणाम राम्रो आउने बताए । “गड्यौलाबाट उत्पादित मलको प्रयोग गर्दा रासायनिक मलको माग घटने र माटोको उर्वराशक्ति बढेर उत्पादकत्वसमेत वृद्धि हुन्छ”, उनले भने ।
ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बाँकेको राप्ती सोनारी गाउँपालिकाका २५, खजुरा गाउँपालिकाका छ र नेपालगन्ज उपमहानगरपालिकाका दुई किसानलाई गड्यौलाबाट मल उत्पादनको तालिम दिएर उत्पादन गर्न प्रेरित गरिएको जानकारी दिए । “उत्पादन भइसकेको छैन, हामी सुरुवाती चरणमा छौँ”, उनले भने । मल उत्पादन कार्यमा बाँकेका करिब ५२ किसान संलग्न छन् ।
कृषि ज्ञान केन्द्रले प्रतिकिसान चार किलोग्रामका दरले गड्यौला दिएको र एक किसानबाट ५० किलोसम्म मल उत्पादनको अपेक्षा लिएको जनाएको छ । राप्तीसोनारीका किसान जीतबहादुर कार्कीले विश्वासका आधारमा गड्यौलाबाट मल उत्पादन गर्न थालेको बताए । “अब उत्पादन र प्रयोगपछि प्राप्त परिणामले यसको प्रभावकारिता देखिन्छ”, उनले भने । मल उत्पालनका लागि किसानलाई गड्यौलाबाहेक, प्लास्टिकका भाँडालगायत कृषि औजार प्रदान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार