विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ
नेपालबहस संवाददाता
साउन ४, २०८० बिहिबार १५:७:२५
४ साउन, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। कैलालीको कैलारी गाउँपालिका(३ सुर्मिनलाबाट अवैध लागुऔषध ब्राउनसुगर ८ सय ३० मिलिग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१४ सि गाउँ बस्ने २७ वर्षीय बिक्रम लामिछाने मगर, सोही ठाउँ बस्ने १८ वर्षीय र १७ वर्षीय दुई किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१-०११ प ७८४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
रूपन्देहीबमे सैनामैना नगरपालिका-४ कुस्माबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय मनिस दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
धादिङको गल्छी गाउँपालिका-६ महेसदोभानबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलोसहित गजुरी गाउँपालिका-७ किरानचोक बस्ने ५० वर्षीय भगवान पण्डितसमेत दुईजनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ह ११४२ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचोरीका मोटरसाइकलसहित पाँच जना पक्राउ
जेठ ९, २०८१ बुधबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
जेठ १०, २०८१ बिहिबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
अभिनेता शाहरुख खान अस्पताल भर्ना
जेठ १०, २०८१ बिहिबार