बालुवाटारस्थित एक चिनियाँ व्यापारीको गोदाममा छापा, ६ वटा ठूला बाकस फेला
नेपालबहस संवाददाता
साउन ४, २०८० बिहिबार २२:४९:३७
४ साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित चिनियाँ व्यापारीको गोदाममा छापा मारेको छ । त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिन लागेको एक सय किलोभन्दा बढी सुन विभागको टोलीले नियन्त्रणमा लिएको थियो ।
ट्याक्सीमा बाहिर सुन लैजान लागेको अवसथामा ट्याक्सी चालकसहित विभागको टोलीले नियन्त्रणमा लिएको हो । ट्याक्सी चालकले आफूले बालुवाटारको उक्त लोकेशनमा सुन जैलान भनिएको भन्ने बयान दिएको आधारमा उक्त घरमा छापा मारिएको हो ।
विभागको टोलीले छापा मार्ने क्रममा ६ वटा ठूला बाकस फेला परेको बताइएको छ । उक्त बाकसमा सुन भएको वा नभएको भन्ने एकिन भने भएको छैन ।
पक्राउ पर्नेमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलिप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई र तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ छन् । बिहीबार थप तीन जना पक्राउ परेसँगै यो प्रकरणमा नियन्त्रणमा पुगेकाको संख्या ९ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार