सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो, चार जनालाई अदालत लगिँदै
नेपालबहस संवाददाता
साउन ५, २०८० शुक्रबार १०:३२:२५
५ साउन, काठमाडौं । झण्डै एक सय किलो सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । राजश्व अनुसन्धान विभागले गए राति थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको हो । यो सँगै पक्राउ पर्नेको संख्या १० पुगेको हो ।
अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारसमेत पार गराएर सिनामंगल सडकमा निकालिएको क्विन्टल सुन तस्करीमा चीनदेखि भारतसम्म विस्तारित गिरोह संलग्न भएको खुलेको छ । तस्करीमा संलग्न एक–एक जना भारतीय र चिनियाँ नागरिक पक्राउ परेका छन् । सँगै आठ नेपाली पनि समातिएका छन् तर नेपाली मुख्य नाइके खोज्न अनुसन्धान भइरहेको राजश्वका अधिकारीहरूको भनाइ छ ।
परीक्षणका लागि बिहीबार काठमाडौंको बबरमहलस्थित टक्सार विभागमा पुर्याइएर परीक्षणपछि सुन राष्ट्र बैंकको ढुकुटीमा पठाइएको छ । त्रिभुवन विमानस्थलको भन्सार पार गरिसकेको सुन बरामद गरेपछि अनुसन्धान अघि बढाएको राजश्व अनुसन्धान विभागले लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा बस्दै आएका भारतीय नागरिक थुप्तेन छिरिङलाई बिहीबार पक्राउ गरेको छ ।
त्यसअघि दिउँसो एयर चाइनाबाट चीन जाने तयारीमा रहेका ३६ वर्षीय जेक्युयाङ लिन पनि विमानस्थलको अध्यागमन कक्षबाट पक्राउ परेका थिए । यस्तै ट्रान्स ग्लोबल सर्भिसका अर्का सञ्चालक कृष्णकुमार श्रेष्ठ बिहीबार राति कोटेश्वरबाट पक्राउ परेका छन् । त्यसअघि ट्रान्स ग्लोबल सर्भिसकै सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ पक्राउ परेका थिए ।
जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए । प्रकरणमा संलग्न अरूको बारेमा अनुसन्धान भइरहेको छ ।
पक्राउ परेका मध्ये छ जनालाई हिजै उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ। भने बिहिबार पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई भने आज म्याद थप गरिने जनाइएको छ ।
बिहिबार दिउँसो चिनियाँ नागरिक जेयुङ लिन पक्राउ परेका थिए । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङकङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार