फुड सिस्टम्स समिट प्लस टु मा सहभागी हुन भोलि प्रधानमन्त्री प्रचण्ड इटाली जाँदै
नेपालबहस संवाददाता
साउन ५, २०८० शुक्रबार १८:२३:२२
५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार इटाली भ्रमणको लागि जाँदैछन् । संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जान लागेका हुन् ।
इटालीमा साउन ८ देखि १० गतेसम्मसंयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रम हुँदै छ । उक्त कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।
साथै साइडलाइनमा प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि संगठन 'एफएओ'का महानिर्देशक, विश्व खाद्य कार्यक्रम 'डब्लूएफपी'का कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष 'आईएफएडी'का अध्यक्ष लगायतका राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।
प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघ इटालीले आयोजना गर्ने इटालीमा रहेका नेपाली समुदायसँगको अन्तरक्रियामा सहभागी हुनेछन् ।
प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा उनको छोरी गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत छन् । प्रधानमन्त्री प्रचण्ड साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २५, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार