नारायणी डेभलपमेन्ट बैंकको घाटा २ करोड ९१ लाख
नेपालबहस संवाददाता
साउन ७, २०८० आइतबार १२:५४:४४
७ साउन, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ९१ लाख ४२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो वर्षको यसै अवधिमा यो बैंक ५ करोड ४२ लाख ४८ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
यस बैंकको खुद ब्याज आम्दानी भने गत वर्षको तुलनामा ११२.०८ प्रतिशतले बढेर २ करोड ३ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ९५ लाख ९१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यसले इम्पेयरमेन्ट चार्ज वापत ४९ लाख रुपैयाँ छुट्याएको छ । जुन गत वर्षको भन्दा ८८.३८ प्रतिशतले कम हो ।
यता, सञ्चालन नाफा भने ३ करोड २१ लाख रूपैयाँले ऋणात्मक छ । जसले गर्दा यसको खुद नाफामा गिरावट आएको हो । यद्दपि, यसको खुद घाटा गत वर्षको भन्दा कम हो । यसले ६३ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४८ करोड १७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
हाल नारायणीको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १३ करोड ४८ लाख रुपैयाँ जम्मा रहेको छ । प्रतिशेयर आम्दानी ११ रुपैयाँ २ पैसा नोक्सानीमा छ । नोटवर्थ २१ रुपैयाँ ६६ पैसाले घटेर ३६ रुपैयाँ कायम भएको छ । यस बैंकले नेपाल धितोपत्र बोर्डमा १०० ५ हकप्रद जारी गर्न अनुमति मागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकद्वारा महोत्तरीका आगलागी पीडितलाई राहत सामाग्री वितरण
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
ढकमक्क फुलेको ज्याकाराण्डा फूल
बैशाख २१, २०८१ शुक्रबार
गृहका ७ उपसचिहरूको सरुवा, ६ जिल्लाका सहायक प्रजिअ फेरिए
बैशाख २१, २०८१ शुक्रबार
प्रसिद्ध धार्मिकस्थल मल्लिकार्जुन राष्ट्रिय धाम
बैशाख २१, २०८१ शुक्रबार
मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
घोडाको सहयोगमा बारी जोत्दै
बैशाख २१, २०८१ शुक्रबार
गान्धी परिवारले छोड्यो अमेठी, राहुल रायबरेलीबाट बने उम्मेदवार
बैशाख २१, २०८१ शुक्रबार