महालक्ष्मी विकास बैंकद्वारा महोत्तरीका आगलागी पीडितलाई राहत सामाग्री वितरण
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार १२:७:१२
१७ वैशाख, काठमाडाैं । महालक्ष्मी विकास बैंकले वैशाख १२ गते बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागीका कारण घरबार विहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको छ ।
बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत रही २ लाख पचास हजार रुपैँया बराबरको ७५० केजी आटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, ४५० वटा नुहाउने र लुगा धुने साबुन र १५० काटुन चाउचाउ लगायतका खाद्यान्नहरू सहयोग गरेको हो ।
बुधबार मटिहानी नगरपालिका वडा नं ६ मा लागेको उक्त आगोले १०० भन्दा बढी घर पूर्णरूपमा जलेर खरानी भएका छन् भने ५० जति अन्य घरमा क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ । यस्तै वैशाख १५ गते मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डल र बैंकको मधेस प्रादेशिक कार्यालयका प्रमुख सुदिप चन्द« पोखरेलले जनकपुर शाखाका कर्मचारीहरूको सहभागितामा पीडित परिवारहरूलाई उक्त राहत सामाग्री हस्तान्तरण गरेका थिए ।
बैंकले प्रदान गरेको सहयोगले यस असहज परिस्थितिमा उक्त परिवारहरूको आधारभूत आवश्यकता पूरा गर्न थोरै भएपनि मद्दत पुग्ने विश्वास लिइएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्त्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्ने कुरा जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार
मुक्तिनाथ विकास बैंकद्वारा धादिङका विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण
बैशाख ३१, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार