हिरोइनले हिजाब नलगाएपछि चलचित्र महोत्सबमा प्रतिबन्ध
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १२:२५:१९
८ साउन, एजेन्सी । इरानका अधिकारीहरूले सेप्टेम्बरमा आयोजना हुने फिल्म फेस्टिभलमा प्रतिबन्ध लगाएका छन्। एक नायिकाले हिजाबको स्कार्फ नलगाएको भन्दै यो प्रतिबन्ध लगाइएको हो । सरकारी सञ्चारमाध्यमका अनुसार फिल्म फेस्टिभलका लागि जारी गरिएको पोस्टरमा अभिनेत्रीले कडा ड्रेस कोडको उल्लंघन गरेकी छन्, त्यस पछि उनीमाथि कारबाही गर्दै चलचित्र महोत्सबमा प्रतिबन्ध लगाइएको हो ।
राज्य समाचार एजेन्सी आइआरएनएका अनुसार कानूनको उल्लङ्घन गर्दै पोस्टरमा हिजाब नलगाई महिलाको फोटो प्रयोग गरे पछि संस्कृति मन्त्रीले आईएसएफए फिल्म फेस्टिवलको १३ औं संस्करणलाई प्रतिबन्ध लगाउने आदेश जारी गरेका छन् । यो फिल्म फेस्टिभल सेप्टेम्बरमा हुन लागेको थियो ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि सन् १९८३ देखि इरानमा महिलालाई टाउको र घाँटी अर्थात् हिजाब लगाउन अनिवार्य गरिएको थियो तर गत वर्ष सेप्टेम्बरमा त्यसलाई खारेजको माग गर्दै देशमा ठूलो मात्रामा विरोध प्रदर्शन भएको थियो । सो क्रममा इरानी महिलाहरूले कडा ड्रेस कोडको ठूलो मात्रामा उल्लङ्घन गरेका थिए ।
स्मरणीय कुरा के छ भने २२ वर्षीया इरानी युवती महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भए पछि इरानमा महिनौंसम्म देशव्यापी विरोध प्रदर्शन भएको थियो । महसा अमिनीलाई प्रहरीले इस्लामिक ड्रेस कोडको उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो । उनको हिरासतमा मृत्यु भए पछि इरानमा लार्खौ महिलाहरु सडकमा आएका थिए ।
यस महिनाको सुरुमा, प्रहरीले पनि कानूनको अवहेलना गर्ने महिलाहरूको बढ्दो संख्या चिन्ताको कारण भएको स्वीकार गर्यो, र तिनीहरूलाई समात्न गस्ती पुनः सुरु गरेको छ। यसअघि बुधबार तेहरानको अदालतले अभिनेत्री अफसानेह बेगनलाई सार्वजनिक कार्यक्रममा हिजाब नलगाएको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार