लोकसभा बैठक विपक्षी दलको विरोधका कारण स्थगन
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार १२:४५:२६
९ साउन, नयाँदिल्ली । मणिपुरमा जारी हिंसाको विस्तृत विवरण सदनमा प्रस्तुत गर्नुपर्ने तथा मणिपुरका सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले वास्तविकता जानकारी गराउनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जारी राखेपछि लोकसभाको बैठक स्थगन भएको छ ।
प्रश्नोत्तरको समय सुरु भएलगत्तै विपक्षी दलहरुले विरोध गरेका थिए । सभामुख ओम बिरलाले विपक्षी सदस्यहरूलाई आफ्नो सिटमा बस्न आग्रह गर्दै प्रश्नोत्तरकालले सरकारको जवाफदेहितालाई व्यवस्थित गर्न मद्दत गर्ने भएकाले सदन सञ्चालन हुनुपर्ने तर्क गरे।
उनले विरोधस्वरुप प्लेकार्ड देखाउनु र नारा लगाउनु कुनै पनि समस्याको समाधान नभएको बरु त्यो संसदीय परम्परा विरुद्ध भएको बताए । साथै उनले अपराह्न दुई बजेसम्मका लागि सदन स्थगन भएको घोषणा गए ।
कांग्रेस र अन्य विपक्षी दलहरूले आजको कार्यसूचीका विषयलाई हटाएर मणिपुरको स्थितिबारे छलफल गर्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । यही साउन ४ गतेदेखि शुरु भएको संसद्को हिउँदे अधिवेशन प्रारम्भदेखि नै अवरुद्ध हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार