धान उत्पादन बढ्ने विश्वासमा गरियाे सुच्चा पूजा
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार १५:२४:२५
९ साउन, नेपालगञ्ज । बाँकेमा रतगैया थारू समुदायले ‘सुच्चा पूजा’ गरेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका–४ स्थित धामपुरमा उनीहरुले धानको उत्पादन बढ्ने विश्वासका साथ उक्त पूजा गरेका हुन् ।
“वर्षौंदेखि पुर्खाहरुले नै यो पूजा गर्दै आउनुभएको छ, त्यही भएर रोपाइँ सकिएपछि हामी यस्तो पूजा गर्छौं”, धामपुरका स्थानीय लौटन थारूले भने । उनले उक्त पूजाका कारण वर्षा हुने र त्यसबाट धान उत्पादनमा वृद्धि हुने विश्वास भएको उल्लेख गर्दै पूजा नगर्दासम्म दशैँमा बलि दिनसमेत नमिल्ने बताए । धान रोपाइँ सुरु भएको र रोपाइँ अन्त्य समेत भएको भन्दै उक्त समुदायले कूल देउतालाई पूजा गरिने स्थानीयवासी बताउँछन् । सुच्चा पूजा दशैँ अगावै गरिनुपर्ने प्रचलन छ ।
थारू समुदायमा धान रोपाइँको सुरुआती चरण अरू समुदायभन्दा फरक शैलीको हुने गर्छ हरेक थारू बस्तीमा धान रोपाइँ हुनुभन्दा पहिलो दिन उनीहरुले गाउँभरिका समुदाय मिलेर सुँगुर अर्थात् 'जिता' मार्ने, र अन्य मीठा मीठा परिकार खाने गरेको स्थानीय नेपालगन्जका रामभगत चौधरी बताउछन् ।
उनीहरुले माछामासु, सागपात, अन्न, घोघी, सिध्रा बनाई खेतमै गएर पूजा अर्थात् 'कल्वा' खुवाई गरेपछि मात्र खेत रोपाइँ सुरु गर्ने प्रचलन छ । कल्वा खुवाइको दिन गाउँभरिका बासिन्दा आ(आफ्नो घरबाट बनाएको परिकार खेतमै लगेर खाने गर्दछन् । खेतको पूजा गरी मीठा मीठा परिकार खेतमा चढाएर खाने जनाइएको छ ।
“थारू समुदायमा खेती गर्ने शैली परिवर्तन भए पनि खेतको उद्घाटन अर्थात् कल्वा खुवाई भने परिवर्तन भएको छैन”, बर्दिया ठाकुरबाबा नगरपालिकाका अगुवा लहानु थारू भन्छन् ।
त्यसैगरी थारू समुदायमा रोपाइँ सकिएपछि हरेरी पूजा समेत गर्ने प्रचलन रहेको छ । बाँकेमा रतगैयाबाहेक तेलदेहुवा, भगोरिया, कुसुमिया, देमनडौरा, धामलगुवा, दहितलगायत दर्जनौँ समुदायका थारूहरु छन् । यस वर्ष वर्षा कम भएका कारण केही ठाउँमा रोपाइँ सकिएको छ भने केही ठाउँमा रोपाइँ जारी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘नियत सफा राखौँ, आचारण सुधारौँ’
असोज ९, २०८१ बुधबार
सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य
असोज ८, २०८१ मंगलबार
लुम्बिनी विकास कोषका सदस्य–सचिव र कोषाध्यक्षमाथि आक्रमण
असोज ८, २०८१ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार