न्यायिक प्रणाली परिमार्जन विधेयक पारित भएपछि आमनागरिक आक्रोशित
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार १८:७:५७
९ साउन, जेरुसेलम । इजरायली संसद्ले देशको न्यायिक प्रणालीलाई परिमार्जन गर्ने विवादास्पद योजनाको मुख्य विधेयक पारित गरेसँगै नागरिकमा व्यापक असन्तुष्टि छाएको छ । लगातार २९ हप्तासम्म भएको विरोधप्रदर्शनका बाबजुद विधेयक पारित भएकामा आम नागरिक आक्रोशित भएका छन् ।
विवादास्पद न्यायिक सुधार विधेयकमा सदनमा नै स्पष्ट विभाजन भए पनि मतदानमार्फत पारित भएपछि पेशाकर्मीलगायत सर्वसाधारण आम हडताल र विरोध प्रदर्शनको तयारीमा जुटेका छन् । इजरायली दुई खेमामा विभाजित भएका छन्भने इजरायलका विदेशी सहयोगीले विधेयक पारित भएकामा त्यसको आलोचना गरेका छन् ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कट्टर दक्षिणपन्थी सरकारले सोमबार विधेयक पारित गरेपछि त्यसको विरोधमा आज चिकित्सक प्रदर्शनमा उत्रेका छन् । विपक्षीहरूले पनि सडकमा उत्रन आह्वान गरेका छन् जसले कानुन कार्यान्वयनमा चुनौती थपेको छभने सडकमा झडप निम्त्याएको छ । इजरायल मेडिकल एसोसिएसनका प्रमुख सियोन हागेले काम नगर्ने घोषणा गर्दै विरोध जनाएका छन् ।
सोमबार मतदान अघि सबै ५६ जना विपक्षी सांसदले विधेयकका प्रतिलिपिहरू च्यात्नका साथै त्यसको विरोधमा नारा लगाएर मतदान बहिष्कार गरेका थिए । विधेयकको विरोधमा जेरुसेलम र तेल अविभमा पनि प्रदर्शन भएका थिए । संसद् भवन बाहिर हजारौँ प्रदर्शनकारीले इजरायली झण्डा फहराउँदै जुलुस निकालेका थिए । प्रहरीले पानीको फोहोरा हानेर उनीहरूलाई तितरबितर पार्ने प्रयास गरेको थियो ।
मतदानपछि संसद्लाई सम्बोधन गर्दै न्याय मन्त्री यारिभ लेभिनले न्यायिक प्रणालीलाई सुधार गर्ने र सरकारलाई शक्ति फिर्ता गर्ने ऐतिहासिक प्रक्रियाको पहिलो चरण भन्दै त्यसको स्वागत गरेका थिए । एएफपी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार