सिंगापुरमा २० बर्ष पछि महिलालाई फाँसीमा चढाइदै
नेपालबहस संवाददाता
साउन १०, २०८० बुधबार ११:१:१०
२० असार, सिंगापुर । दुई लागुऔषध तस्करलाई यसै साता सिंगापुरमा फाँसी दिइने भएको छ । मृत्युदण्डको सजाय सुनाइएका दुई जनामा एक महिला पनि छन्, जसलाई फाँसी दिइनेछ । विशेष कुरा के छ भने २० वर्षपछि सिंगापुरमा एउटी महिलालाई फाँसी दिइन लागिएको हो । यो जानकारी सिंगापुरको एक मानवअधिकार संगठनले दिएको हो ।
५० ग्राम हेरोइनको तस्करीमा दोषी पाइएका ५६ वर्षीय पुरुषलाई बुधबार ९जुलाई २६० फाँसी दिइने स्थानीय अधिकार संगठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टीजेसी) ले जनाएको छ। उनलाई दक्षिणपूर्वी एसियाली सहर राज्यको चांगी जेलमा फाँसी दिइनेछ ।
यससँगै लागुऔषध ओसारपसारमा दोषी ठहर भएकी ४५ वर्षीया महिलालाई शुक्रबार फाँसी दिइने छ । समाचार अनुसार दोषी महिलाको पहिचान सारीदेवी जमानीको रूपमा गरिएको छ। करिब ३० ग्राम हेरोइन तस्करी गरेको आरोपमा उनलाई २०१८ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।
स्थानीय अधिकारकर्मी कोकिला अन्नामलाईले यस्तो भएमा सन् २००४ पछि सिंगापुरमा फाँसी दिइने उनी पहिलो महिला हुने बताइन् । यसअघि ३६ वर्षीया महिलालाई लागुऔषध ओसारपसार गरेको आरोपमा फाँसी दिइएको थियो । टीजेसीका अनुसार दुबै कैदीहरू सिंगापुरका हुन् र उनीहरूका परिवारलाई मृत्युदण्डको सूचना प्राप्त भइसकेको छ ।
उल्लेखनीय छ, यसअघि २६ अप्रिलमा लागूऔषध तस्करीको आरोपमा सिंगापुरमा भारतीय मूलका एक व्यक्तिलाई फाँसी दिइएको थियो। उनको परिवारले फाँसी नदिन अदालतमा निवेदन दिएको थियो, जुन खारेज भएको थियो ।
सिङ्गापुरमा विश्वको सबैभन्दा कडा लागुऔषध विरोधी कानून छ। लागुऔषध ओसारपसार गर्दा पक्राउ परे मृत्युदण्डको व्यवस्था छ । वास्तवमा सिंगापुर ५०० ग्राम भन्दा बढी गाँजा वा १५ ग्राम भन्दा बढी हेरोइनको तस्करी फेला परेमा मृत्युदण्ड हुन सक्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार