बरामद गरी टक्सार विभागमा राखिएको सुन गाल्दा प्रत्यक्ष प्रसारण गरिने, प्रधानमन्त्रीको अनुमति कुर्दै विभाग
नेपालबहस संवाददाता
साउन १०, २०८० बुधबार ११:४६:५९
११ साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्दा त्यसको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । तौल एकिन गर्न उक्त सुनलाई गाल्ने तयारी गरिएको र यसबारे सवैलाई जानकारी दिन प्रत्यक्ष प्रसारण गर्न लागिएको विभागले जनाएको छ । नेपाल राष्ट्र बैंकको टक्सार विभागमा राखिएको सुन गाल्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल फकिएपछि मात्र हुनेछ ।
बरामद भएको सुन गाल्न प्रधानमन्त्री वा मन्त्रपरिषदको अनुमति चाहिने भएकाले सुन गाल्ने विषयमा ढिलाइ भएको हो । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड साउन १२ गते मात्र नेपाल फर्कदैछन् । उनी फर्किए लगत्तै प्रत्यक्ष प्रसारण मार्फत सुन गाल्ने काम सुरु गरिने बताइएको छ । नगाली सुनको परिमाण कति छ भन्ने यकिन गर्न नसकिने विभागको भनाइ छ ।
गालेपछिमात्र सुन वा अरु समान प्रकृतिको बस्तु हो भन्ने कुरा थाहा हुन्छ । गालेर हेर्दा धेरै अंश पितलको पनि हुन्सक्ने अनुमान पनि गरिएको छ । अहिले १०० किलो सुन बरामद भएको भन्दै अनुसन्धान भइरहेको छ । तर, यसको एकिन परिमाण थाहा पाउन गाल्नैपर्छ । यसका लागि अनुमति नभएकाले रोकिएको हो ।
यसअघि सुनसहितका स्कुटरका ब्रेक शुको तौल नेपाल राष्ट्र बैंकको टक्सार विभागले जोखेर राखेको छ । सुनसहितको ब्रेक शुको तौल १ सय ५५ किलो भएको छ भने सुन मात्रै निकालेर तौल गरिएको छैन । गत बुधबार बरामद गरिएको सुन काठमाडौंको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखिएको छ ।
गत बिहीबार मुचुल्का उठाएर सुन ढुकुटीमा राखिएको थियो । ती ब्रेक सु जोख्दा कुल तौल १ सय ५५ किलो आएको राजश्व अनुसन्धान विभागले जानकारी दिएको छ । कुल एक सय ६० वटा ब्रेक सु फेला परेको थियो, तीमध्ये एउटा बाहेक सबैमा सुन रहेको पाइएको छ । अब ती ब्रेक सुबाट सुन निकालेर जोखिने छ । ब्रेक शुभित्र सुनका साना साना टुक्रा भएकाले सबै निकालेर गाल्न र जोख्न समय लाग्छ ।
रेडी ट्रेड लिंक बूढानीलकण्ठका नाममा हङकङबाट सो सुन ल्याइएको थियो । विभागकै टोलीले सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म पक्राउ गरिएकाहरुको अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च
भदौ ३१, २०८१ सोमबार
आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड !
भदौ ३०, २०८१ आइतबार
शुक्रबार तोलामा तीन हजारले बढेर एक लाख ५६ हजार पुग्यो सुन, हालसम्मकै उच्च मूल्य
भदौ २८, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार