सुन बरामद प्रकरणमा राजनीतिक दल विभाजित, एमालेको नीति रास्वापा र राप्रपालाई अमान्य
नेपालबहस संवाददाता
साउन १०, २०८० बुधबार १३:३३:४२
१० साउन, काठमाडौं । सुन बरामद भएको विषयलाई संसदमा कसरी उठाउने भन्ने बारे प्रतिनिधिसभामा रहेका दल विभाजित भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यस प्रकरणलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेर संसद बैठक अवरुद्ध गर्ने पक्षमा उभिएको छ । तर, यसमा अन्य प्रतिपक्षी दलहरु असहमत देखिएका छन् ।
सुन तस्करी प्रकरणमा सत्तारुढ नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ माग्ने तयारी गरेको छ भने प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एमालेको नीतिमा संसद अवरोध नगर्ने पक्षमा देखिएका छन् । संसदमा कसरी प्रस्तुत हुने भन्ने बारे पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा माओवादीभित्र पनि छलफल भएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देश बाहिर रहेकाले उनको नेतृत्वमा माओवादीले छलफल गरेको हो । आज बिहान मात्र कार्यवाहक अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीका पदाधिकारीसँग छलफल गरेका छन् । कांग्रेसले एक क्विटल सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग्ने तयारी गरेको छ ।
कांग्रेसका केही सांसदले गृहमन्त्री राजीनामा मागेपनि यो पार्टीको धारणा भने होइन् । कांग्रेसले सुरुमै गृहमन्त्रीले समय लिएर जानकारी गराउनुपर्ने र सय डलर मोजाभित्र हालेर ल्याएको साधारण मानिसले पुलिसले अनुसन्धान प्रक्रियाबाट थाहा हुने, सानो कागज बोके थाहा हुने, एक सय केजी सुन आउँदा बाहिर कसैलाई थाहा नहुने कुराको जवाफ गृहमन्त्रीले दिनुपर्ने भनेको छ ।
रास्वपाले अवैध सुन प्रकरणका सन्दर्भमा अनुसन्धान जारी रहेको भन्दै संसदमा नबोल्ने नीति लिने भएको छ । सुन प्रकरणमा यसो गरौं भन्ने केही नभएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणको विषयमा नैतिक जिम्मेवारी लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने एमालेको तयारी छ । तर, रास्वपाले अनुसन्धानमा रहेको विषयमा संसदमा मौन रहने नीति लिने भएको हो ।
‘एमालेले कुनै पनि विषय उठाउन सक्छ्, उठाओस्, रास्वपा एमालेको पछि लाग्दैन्,’ प्रमुख सचेतक परियारले भने । रास्वपाको पनि संसदीय दलको बैठक बस्दैछ । मंगलबार पनि रास्वपाको संसदीय दलको बैठक बसेको थियो । संसदमा उठाउनुपर्ने विषय र खेल्नुपर्ने भूमिकाका विषयमा संसदीय दलको बैठकले निर्णय लिनेछ ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्रीले पछिल्लो सुन प्रकरणबारे संसदलाई जानकारी गराउनुपर्ने बताएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीले सुन प्रकरणमा नैतिक जिम्मेवारी लिनुपर्ने र नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका बेला राप्रपाले सही छानबिन आवश्यक रहेको बताएको हो ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजीनामा नभइ सही ढंगले छानबिन गरेर अगाडि जानुपर्ने र संसदमा सुन प्रकरणबारे जानकारी माग गर्दै गृहमन्त्रीको जवाफ माग्ने बताए । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल अवैध सुन बाहिरिएको घटनाका सन्दर्भमा राप्रपाले गृहमन्त्रीसँग जानकारी माग गर्ने भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार