मैवाखोलामा लम्पी स्किनको रोकथामका लागि खोप अभियान
नेपालबहस संवाददाता
साउन १०, २०८० बुधबार १५:३९:६
१० साउन, ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लम्पी स्किनको रोकथामका लागि खोप अभियान चलाएको छ । उक्त गाउँपालिकामा तीन हजार एक सय १५ पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्किनका कारण ३३ पशु चौपाया मरेको गाउँपालिकाले जनाएको छ ।
यहाँका चार सय ७३ पशु चौपाया सो रोगबाट सङ्क्रमित छन् भने तीन सय ८७ को उपचार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिए । गाउँपालिकाअन्तर्गत रहेको पशु सेवा शाखाबाट कृषकको घर गोठमै पुगेर खोप तथा उपचार सेवा सञ्चालन गरिएको र आवश्यकताअनुसार खोप र उपचारका कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए । गाई, भैँसी, याक र चौँरीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको हो ।
पछिल्लो समय लम्पी स्किनका कारण जिल्लाका अधिकांश क्षेत्रका कतिपय पशु चौपाया मरेका छन् भने धेरैजसो सङ्क्रमित छन् । फुङ्लिङ नगरपालिका सहितका स्थानीय तहले लम्पी स्किन विरुद्धका खोप अभियान चलाइरहेका छन् । सङ्क्रमण तीव्र रुपमा फैलिएर गाई, गोरु थला परेपछि किसान मारमा परेका छन् । दूधजन्य वस्तुको उत्पादन र बिक्री नहुँदा साथै धान रोप्नका लागि खेत जोत्न गोरु उपलब्ध नहुँदा किसान समस्यामा परेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
बिहान खाली पेटमा मनतातो पानीसँग हिंग खानुका आश्चर्यजनक फाइदा
पुष २५, २०८१ बिहिबार
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार