शेयर खेलाडी राकेश अडुकियाको घरमा राजश्वको छापा, गोदाम हेर्ने तामाङ पनि पक्राउ
नेपालबहसले ब्रेकिङ गरेको थियो समाचार
नेपालबहस संवाददाता
साउन १०, २०८० बुधबार १९:५१:५४
१० साउन, काठमाडौं । प्रख्यात शेयर खेलाडी एवं व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा राजश्व अनुसन्धान विभागले छापा मारेको छ । गत साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणमा शंकाको घेरामा परेका उनको घरमा आज साँझ राजश्वको टोलीले छापा मारेको हो ।
साउन ८ गते नेपालबहसले सर्वप्रथम सय किलो सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया शीर्षकमा समाचार ब्रेकिङ गरेको थियो ।
अडुकिया पछिल्लो पटक जुन २६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएको देखिएको थियो ।त्यतैबाट हङकङ पुगेका उनी जुलाई ५ मा दुबई हुँदै नेपाल आएको देखिएको हो । उनी नेपाल आएपछि हङकङबाटै नेपालमा सुन भित्रिएको थियो । त्यसपछि अनुसन्धानको तीर अडुकिया माथि ताकिएको थियो र उनी राजश्वको निगरानीमा परेका थिए ।
चर्चित शेयर खेलाडी समेत रहेका राकेश अडुकियाले बिगत लामो समयदेखि हङकङबाट चाँदीका नाममा सुन भित्र्याउँदै आएको आशंका गरिएको थियो । अनुसन्धानमा तानिन सक्ने भयले उनका छोरा रोहन अडुकिया गत शुक्रबारै दिल्लीतर्फ उडेका थिए भने बाबु राकेश पनि हङकङ जाने तयारीमा थिए ।
आजै विभागले सुन राख्नका लागि उपत्यकामा राखिएका गोदामको व्यवस्थापनका लागि सहयोग गरेको आरोपमा नरेश भनेर चिनिने सुरेन्द्र तामाङलाई पक्राउ गरेको छ । विभागका एक अधिकारीका अनुसार, तामाङले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने काम गरेका थिए ।
उनलाई पक्राउ गरेर विभागले माथिल्लो नेक्ससबारे अनुसन्धान गरिरहेको छ । योसँगै सुन तस्करी प्रकरणमा समातिनेको संख्या १७ पुगेको छ ।
त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर २ साउनमा एक क्वीन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार