प्रत्यक्ष प्रसारणमार्फत बरामद सुन गाल्ने विभागको तयारी
नेपालबहस संवाददाता
साउन ११, २०८० बिहिबार ११:३४:३
११ साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको अनुसन्धान दोस्रो तहमा पुर्याएसँगै बरामद भएको सुन गाल्ने तयारी गरेको छ । ब्रेक सु सहित १ सय ५५ किलो भएको भनिएको सुन गाल्दा त्यसको प्रत्यक्ष प्रसारण गरिने विभागले जनाएको छ । बरामद भएको सुनबारे सर्वसाधारणलाई समेत जानकारी दिन सुन गाल्दा प्रत्यक्ष प्रसारण गरिने भएको हो ।
तौल एकिन गर्न उक्त सुनलाई गाल्ने तयारी गरिएको र यसबारे सबैलाई जानकारी दिन प्रत्यक्ष प्रसारण गर्न लागिएको विभागले जनाएको छ । नेपाल राष्ट्र बैंकको टक्सार विभागमा राखिएको सुन गाल्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल फर्किएपछि मात्र हुनेछ । सुन गालेकाे लाइभ प्रसारणका लागि प्रधानमन्त्रीको अनुमति लिने विभागको भनाइ छ ।
सबैकाे चासाेकाे विषय भएकाले बरामद भएको सुन गाल्दा गरिने प्रत्यक्ष प्रसारणकाे लागि प्रधानमन्त्रीको अनुमति चाहिने भएकाले सुन गाल्न ढिलाइ भएको हो । विभाग प्रधानमन्त्री मातहतकाे कार्यालय हाे । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड साउन १२ गते भोलि नेपाल फर्कदैछन् । उनी फर्किए लगत्तै प्रत्यक्ष प्रसारण मार्फत सुन गाल्ने काम सुरु गरिने बताइएको छ । न गाली सुनको परिमाण कति छ भन्ने यकिन गर्न नसकिने विभागको भनाइ छ ।
गाले पछिमात्र सुन वा अरू समान प्रकृतिको वस्तु हो भन्ने कुरा थाहा हुन्छ । गालेर हेर्दा धेरै अंश पितलको पनि हुनसक्ने अनुमान पनि गरिएको छ । भन्सारकाे ल्यावमा भने त्याे वस्तु सुन नै भएकाे प्रमाणित भएकाे थियाे । अहिले करिब १०० किलो सुन हुन सक्ने भन्दै अनुसन्धान भइरहेको छ । तर, यसको एकिन परिमाण थाहा पाउन गाल्नै पर्छ । यसका लागि विभागले नेपाल राष्ट्र बैंकमा लिखित पत्र पठाउनु पर्ने हुन्छ, त्यसपछि उक्त सुन गाल्ने काम नेपाल राष्ट्र बैंककाे टक्सार विभागले गर्छ तर सुन गालेकाे प्रत्यक्ष प्रसारणका लागि प्रधानमन्त्रीकाे अनुमति नभएकाले रोकिएको हो ।
यसअघि सुनसहितका स्कुटरका ब्रेक शुको तौल नेपाल राष्ट्र बैंकको टक्सार विभागले जोखेर राखेको छ । सुनसहितको ब्रेक शुको तौल १ सय ५५ किलो भएको छ भने सुन मात्रै निकालेर तौल गरिएको छैन । गत बुधबार बरामद गरिएको सुन काठमाडौंको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखिएको छ ।
गत बिहीबार मुचुल्का उठाएर सुन ढुकुटीमा राखिएको थियो । ती ब्रेक सु जोख्दा कुल तौल १ सय ५५ किलो आएको राजश्व अनुसन्धान विभागले जानकारी दिएको छ । कुल एक सय ६० वटा ब्रेक सु फेला परेको थियो, तीमध्ये एउटा बाहेक सबैमा सुन रहेको पाइएको छ । अब ती ब्रेक सुबाट सुन निकालेर जोखिने छ । ब्रेक शुभित्र सुनका साना साना टुक्रा भएकाले सबै निकालेर गाल्न र जोख्न समय लाग्छ ।
रेडी ट्रेड लिंक बूढानीलकण्ठका नाममा हङकङबाट सो सुन ल्याइएको थियो । विभागकै टोलीले सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म पक्राउ गरिएकाहरुको अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार