नियमअनुसार काम नगरी सेवाग्राहीलाई पीडा दिने लघुवित्त विरुद्ध उजुरी दिन आग्रह
नेपालबहस संवाददाता
साउन ११, २०८० बिहिबार १४:२६:३६
११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले कानुनभन्दा बाहिर गएर सेवाग्राहीहरुलाई दुःख दिने लघुवित्तको नाम टिपाउन र उजुरी दिन ऋणीहरूलाई आग्रह गरेको छ । लघुवित्त पीडितहरु आफू पीडित भएको भन्दै आन्दोलनमा उत्रिएका बेला नेपाल राष्ट्र बैंकले त्यस्ता लघुवित्तबारे उजुरी दिन ऋणीहरूलाई आग्रह गरेको हो ।
ऋणीलाई दुख दिने लघुवित्तमाथि कारबाहीको माग गर्दै पीडितहरुले राष्ट्र बैंक घेराउ पनि गरेका थिए । उनीहरूले घेराउ गरेपछि एक सूचना जारी गर्दै राष्ट्र बैंकले नियम बाहिर गई कुनै पनि लघुवित्त संस्थाले काम गरेको पाइए उनीहरूलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।
सूचनामा भनिएको छ, ‘लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायत अन्य जुनसुकै गुनासो भएमा टोल फ्रि नम्बर १८१०५००००२२ मार्फत गुनासो दर्ता गर्न सकिनेछ ।’
गुनासो डट् एनआरबी डट् ओआरजी डट् एनपीबाट पनि निवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । लघुवित्तबाट ऋण लिएकाहरुले केही दिनयता राजधानीमा विरोध प्रदर्शन गर्दै आएका छन् । यसअघि लिएको ऋण मिनाहा गर्नुपर्ने, लघुवित्त संस्था खारेज गर्नुपर्ने जस्ता माग राखेर उनीहरू विरोधमा उत्रिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख २१, २०८१ शुक्रबार
राष्ट्र बैंकको कारबाहीमा परे लुम्बिनी विकास र एक्सल डेभलपमेन्ट बैंक
बैशाख २०, २०८१ बिहिबार
वित्तीय कारोबारमा कसूर देखिएको भन्दै चार बाणिज्य बैंकमाथि राष्ट्र बैंकले गर्यो कारबाही
बैशाख २०, २०८१ बिहिबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार