सिटिजन्स इन्सुरेन्सको आइपीओमा माग भन्दा बढी आवेदन
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १२:०:१७
१२ साउन, काठमाडौं। सिटिजन्स लाइफ इन्सुरेन्सको आईपीओमा अहिलेसम्म ३९ करोड ७० लाख ९५ हजार ३६० रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार यसमा साउन ११ गते बिहानसम्ममा २३ हजार २८५ जनाले १६ लाख २७ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.४४६ गुणा बढी आवेदन हो ।
सिटिजन्सले असार ३१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रूपैयाँका दरले ११ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । यसमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस्तै, सन नेपाल लाइफ इन्सुरेन्सको पनि आईपीओमा ३३ करोड १८ लाख १ हजार ३१० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (साउन ११ गते) बिहानसम्ममा २१ हजार ७६१ जनाले १३ लाख ८८ हजार २९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.४४ गुणा बढी आवेदन हो ।
सन नेपालले साउन १ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रूपैयाँका दरले ९ लाख ६० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । यसमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी बार अध्यक्षको मुद्दामा आज सुनुवाई, एक नम्बरमै चढ्यो पेशी
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार