नेपाल प्रहरीमा २ सय ८६ जना प्रहरी कर्मचारीहरू बढुवामा सिफारिस
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १२:५१:३९
१२ साउन, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप–समूहतर्फका विभिन्न दर्जाहरूमा गरी २ सय ८६ जनाको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ । यही साउन ४ देखि ७ गतेसम्म चार दिनको छोटो अवधिमा जनपद समूहतर्फका २ वटा पद र प्राविधिक तर्फका विभिन्न २२ वटा पद गरी जम्मा २४ वटा पदमा २ सय ८६ जनाको बढुवाका लागि सिफारिस गरिएको हो ।
नेपाल प्रहरीले प्रहरी कर्मचारीहरूको जेष्ठता, उत्कृष्टता, कार्यक्षमता मूल्यांकन, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव लगायत प्रहरी संगठनको नीतिअनुरूप तोकिएको मापदण्डको आधारमा निष्पक्ष एवं पारदर्शी रूपमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेहरूमध्ये नेपाल प्रहरी अस्पताल चिकित्सकतर्फ १४ जना, सूचना प्रविधि कम्प्युटरतर्फ १ जना र सञ्चारतर्फ १ जना गरी जम्मा १६ जनालाई प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
त्यसैगरी जनपद प्रहरी समूह प्रशासनतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा ६४ जनालाई सिफारिस गरिएको छ । प्राविधिक प्रहरी समूहतर्फको सूचना प्रविधि÷कम्प्यूटरतर्फ २ जना, स्वास्थ्य उप–समूह प्यारामेडिक्सतर्फ १ जना, नर्सिङतर्फ १ जना, ईन्जिनियरिङ उप–समूह अवास तथा भौतिक ईन्जिनियरिङतर्फ २ जना, सञ्चारतर्फ २ जना गरी जम्मा ८ जना प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।
यसैगरी जनपद समूहतर्फ जम्मा १ सय २२ जना प्रहरी नायव निरीक्षकहरू प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारीस भएका छन् भने प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ उपसमूह आवास तथा भौतिक ईन्जिनियरिङतर्फ १ जना र सूचना प्रविधि÷कम्प्यूटरतर्फ ६ जना गरी जम्मा ७ जना प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरीष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।
प्राविधिक प्रहरी समूहकै प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा स्वास्थ्य तर्फको प्यारामेडिक्समा १ जना, संगीततर्फ ६ जना, केनाईनतर्फ ७ जना र मेकानिकल ईन्जिनियरिङ तथा सवारीतर्फ २ जना, सूचना प्रविधि÷कम्प्यूटरतर्फ ७ जना समेत गरी जम्मा २३ जना प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।
त्यसैगरी प्राविधिक प्रहरी समूह केनाईनतर्फ ५ जना र संगीततर्फ ७ जना गरी जम्मा १२ जना प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् । प्राविधिक प्रहरी समूहकै प्यारामेडिक्सतर्फ १३ जना, सवारीतर्फ १३ जना, सूचना प्रविधि÷कम्प्युटरतर्फ ६ जना र हातहतियारतर्फको १ जना गरी जम्मा ३३ जना प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन् भने प्राविधिक प्रहरी समूहतर्फ आवास तथा भौतिक ईन्जिनियरिङतर्फ १ जना प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा सिफारिस भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार