एकसय ११ हेक्टर जमिनमा एक लाखभन्दा बढी वृक्षरोपण
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १४:२७:३०
१२ साउन, जानकी । बाँकेस्थित डिभिजन वन कार्यालयले विभिन्न शीर्षकअन्तर्गत जिल्लाका विभिन्न सामुदायिक वनका एक सय ११ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी एवं सहायक डिभिजन वन अधिकृत गणेश खड्काका अनुसार आर्थिक वर्ष ०७९/०८० मा एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार छ सय बिरुवा लगाइएको थियो ।
एक हेक्टर जमिनमा एक हजार छ सयका दरले बिरुवा लगाइएको छ । कृषि वन तथा बृहत्तर हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत जनप्रतिभा सामुदायिक वन क्षेत्रको चार हेक्टर, वनशक्ति सामुदायिक वन क्षेत्रको पाँच हेक्टर, दुद्धेश्वर महादेव बर्फानीबाबा धार्मिक वन क्षेत्रको पाँच हेक्टर, झिझरी महिला सामुदायिक वन क्षेत्रको चार हेक्टर, वागेश्वरी सामुदायिक वनक्षेत्रको १२ दशमलव ४७, हेक्टर अशोक सामुदायिक वनक्षेत्रको सात दशमलव५१ हेक्टर र सिद्धबाबा सामुदायिक वन क्षेत्रको पाँच हेक्टर गरी कूल ९० हेक्टर खालिजमिनमा बिरुवा रोपिएको सूचना अधिकारी खड्काले बताए ।
त्यसैगरी गाजी सामुदायिक वन क्षेत्रको सात दशमलव ५१ हेक्टर, गरिब नवाज सामुदायिक वन क्षेत्रको दस दशमलव आठ, रानी सामुदायिक वनक्षेत्रको पाँच दशमलव ५३, पन्नहवादेवी सामुदायिक वन क्षेत्रको १२दशमलव १८, श्री रामकुट्टी सामुदायिक वन क्षेत्रको दस, राप्ती पीडित सामुदायिक वन क्षेत्रको १५ हेक्टर खाली जमिनमा वृक्षरोपण गरिएको थियो सूचना अधिकारी खड्काका अनुसार राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत वन अतिक्रमण हटाई पुनरुत्पादन व्यवस्थापन गरी श्री न्यू हरियाली सामुदायिक वनको छ हेक्टर जग्गामा वृक्षरोपण गरिएको छ ।
ती बन क्षेत्रको खाली जमिनमा खयर, अस्ना, जामुन, बर्रो, बेल, विजयसाल, शिरीष, सिसौँ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, खम्हारी, श्वेतचन्दन, राजवृक्षलगायत बिरुवा लगाइएको छ । एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार छ सय बिरुवा लगाउँदा बिरुवा उत्पादन, वृक्षरोपण तथा तारबार गर्न रु एक करोड ११ लाख खर्च भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
त्यसैगरी शम्शेरगञ्ज शव बन डिभिजन कार्यालयले पनि आवको ०७९/०८० मा साढे १८ हेक्टर जमिनमा २९ हजार छ सय वृक्षरोपण गरेको थियो। डिभिजन वन कार्यालयले बर्सेनि सामुदायिक वन, अतिक्रमित क्षेत्र, नदीका किनार र बगरलगायत खाली जग्गा भएका क्षेत्र पहिचान गरी लाखौँ बिरुवा रोप्दै आएको छ । सोहीअनुरुप आव ०७९/०८० मा वृक्षरोपणको कामलाई निरन्तरता दिँदै एक लाखभन्दा बढीे वृक्षरोपण गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार