ठेचोका पाँचजना भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १६:३६:१८
१२ साउन, पाटन । गोदावरी नगरपालिका-१२ ठेचोका सुकुम्वासीहरुलाई निस्सा वितरण गरिएको छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र वडा १२ का अध्यक्ष जगत महर्जन, जिल्ला समन्वय समिति सदस्य शोभा केसीसहितको उपस्थितिमा भूमि आयोग जिल्ला समिति ललितपुरले ठेचोका पाँचजना भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो ।
सो अवसरमा नगरप्रमुख गजेन्द्र महर्जनले भूमि आयोगसँगको समन्वयमा नगरपालिकाभित्रका सबै सुकुम्वासीलाई निस्सा गर्दै आवश्यक प्रक्रिया पूरा गरी जग्गाको लालपुर्जा वितरण गर्ने बताए ।
“हामीले गत असार ३१ गते वडा नं ७ देवीचौरका भूमिहीनलाई निस्सा वितरण गरिसकेका छौँ, अब बाँकी १२ वटै वडाका भूमिहीनलाई निस्सा वितरणका लागि भूमि आयोग जिल्ला समितिसँग समन्वय भइरहेको छ, करिब एकदेखि दुई महिनाभित्र सबै भूमीहीनहरुलाई निस्सा वितरण सम्पन्न गर्नेछौँ”, उनले भने ।
भूमि आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनले भूमि आयोग ललितपुरले निस्सा वितरणलाई तीव्रताका साथ अगाडि बढाइरहेको बताए ।
“ललितपुरका सबै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीय तहले आवश्यक समन्वय गर्ने हो भने सबै सुकुम्वासी र भूमिहीनलाई निस्सा वितरण गरी लालपुर्जा वितरण गर्न कुनै समस्या छैन । सबैले सहयोग गर्ने हो भने राज्यको नीति र लक्ष्यअनुरुप काम गर्न र भूमिहीन सुकुम्वासीहरुलाई स्थानीय तहले व्यवस्थापन गरेको जग्गाको लालपुर्जा वितरण गर्न कुनै समस्या छैन”, संयोजक महर्जनले भने ।
भूमि आयोग जिल्ला समिति ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेका अनुसार हालसम्म बागमती गाउँपालिकाका ९४ परिवार, गोदावरी नगरपालिका–७ देवीचौरका १४ परिवार र वडा नं १२ ठेचोका पाँच परिवार गरी एक सय १३ परिवारलाई निस्सा वितरण भइसकेको र बाँकी रहेका स्थानीय तह र वडाहरुमा निस्सा वितरणका लागि तयारी भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि
माघ ६, २०८१ आइतबार
‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’
माघ ५, २०८१ शनिबार
राप्ती र नारायणी नदीमा तीन सय बाउन्न घडियाल गोही भेटिए
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
ओली छाडेर भीम रावलको मातृभूमि जागरणतिर लागे एमालेका ५९ जना नेता, नामावलीसहित
माघ ७, २०८१ सोमबार
फेरी ओलीतिरै फर्किए वामदेव गौतम, भन्छन कुरा मिल्यो
माघ ६, २०८१ आइतबार
यु–१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा
माघ ७, २०८१ सोमबार
शाहीको चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर विजय लामाको लुक्स सार्वजनिक
माघ ७, २०८१ सोमबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
सशस्त्र प्रहरी दिवसका अवसरमा रक्तदान
माघ ७, २०८१ सोमबार