साढे ४३ करोडमा शिवशक्ति समूहले किन्यो लिलामीमा राखिएको श्रीराम सुगर मिल्स
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १६:४९:६
१२ साउन, काठमाडौं । गोल्छा समूहले ऋण तिर्न नसकेपछि नेपाल बैंकले ३८ करोड ११ लाखमा लिलामी राखेको श्रीराम सुगर मिल्स अनन्ततः ४३ करोड ६१ लाखमा शिवशक्ति समूहले खरिद गरेको छ । दुई अर्बभन्दा बढी खुद नोक्सानीमा गएपछि बन्द गरिएको श्रीराम सुगर मिल्स लामीमा राखिएको थिायो ।
नेपाल बैंकले लिलामका लागि न्यूनतम मूल्य ३८ करोड ११ हजार रुपैयाँ कायम गरिएकोमा बोलकबोलमा जाँदा ४३ करोड ६१ लाख शिवशक्ति समूहले सकारेको समूहले सकारेको नेपाल बैंकले जनाएको छ । गोल्छा र विशाल समूहको लगानी रहेको उक्त मिल्सको स्वामित्व शिवशक्तिले लिएपछि यसलाई शेयर कारोवारका लागि प्रक्रिया थाल्ने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत रहेको कम्पनीले २०७६ फागुन १३ गते सार्वजनिक सूचना प्रकाशित गरेर स्थायी रुपमा बन्द भएको घोषणा गरेको थियो । १६ वर्षदेखि कम्पनीको शेयर किनबेच नभएपनि नेपाल स्टक एक्सचेञ्जमा यस कम्पनीको चुक्ता पुँजी ३० करोड ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
यसमा नेपाल बैंको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड विभिन्न कर्जा शीर्षकमा कम्पनीमाथि लगानी गरेका थिए । नेपाल बैंकले जेठ ३२ गते सार्वजनिक सूचनामार्फत नै लिलामी प्रक्रिया अगाडि बढाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार
चितवनमा तोरीखेती बढ्यो
पुष २४, २०८१ बुधबार