भ्रष्टाचारमा आफन्त, नातागोता, घराना, ठूलो दल र ठूलो नेता भन्ने हुँदैन, कारवाही गरिन्छ: गृहमन्त्री श्रेष्ठ
नेपालबहस संवाददाता
साउन १३, २०८० शनिबार १४:३२:४७
१३ साउन, काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो वा त्यो बहानामा भ्रष्टाचारी उम्कन नसक्ने ठोकुवा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित हरित स्वयंसेवक परिचालन कार्यक्रममा उनले, भ्रष्टाचार विरुद्धको अभियानमा सरकारलाई रोक्ने काम भइरहेको भन्दै राष्ट्र विकासको बाधकको रुपमा रहेको भ्रष्टाचार र कमिसनखोर प्रवृतिलाई अन्त्य गर्न सरकार डटेर लागेको बताए ।
यो वा त्यो बहानामा साथीभाई, राजनीतिक दल, नाता सम्बन्ध, ठूला घराना कसैको पनि सरकारले मतलव नगरी भ्रष्टाचारका दोषीलाई कारबाही गर्ने उनको दाबी छ । ‘अहिले सरकारले चालेको भ्रष्टाचार, गठी विरोधी अभियानमा, जो संगठित अपराधहरू देशमा जनता र राज्यलाई चुस्ने काम भइराखेको छ त्यो सन्दर्भमा चालिएको अभियानमा सबैको सहयोगको अपेक्षा गर्छु, भइरहेको पनि छ । युवाहरू देशमा केही हुन्छ भनेर आशावादी र उत्साहित बनेका छन्,यो धेरै राम्रो पक्ष हो ।’ उनले भने, ‘तर, कता कता यसले कसलाई तान्ने हो भनेर, विभिन्न त्यान्द्रोहरु जोडिएकाहरुसँग कराउँछन् भने त्यसमा हामी सचेत हुनुपर्छ । त्यसले सरकारको यो दिशालाई विश्राम दिदैन । कसैले नसोचे हुन्छ,भ्रष्टाचार,बेथिति र ठगि बिरोधि अभियानलाई हामी रोक्न सक्दैनौ,त्यो कृपा कसैले नगरे हुन्छ ।’
उनले सरकारले कुनै राजनीतिक दल,नेता, व्यापारिक घराना, साथीसंगी कसैलाई नचिन्ने र ति कसैको मतलव नगरी भ्रष्टाचारमा दोषी पाइएकालाई कुनै कृपा नगरी कानुनी कारबाही गर्ने दाबी गरे ।
‘हामी भ्रष्टाचार,बेथिति र ठगि विरोधि अभियानलाई रोकेर कसै माथि कृपा गर्न सक्दैनौ । जुनसुकै राजनीतिक पार्टीको होस्,जुनसुकै परिवार र घरानाको होस्,जो सुकैको नाता सम्बन्ध होस्,जुनसुकैको साथी सङ्गी होस्,जुनसुकैले पैसा दिएर आफ्नो धानेको होस् ति कसैसंग सरकारलाई मतलव छैन् । जो अनुसन्धानको आधारमा दोषी,अपराधी देखिन्छ,उनीहरुलाई कानुनको दायरामा ल्याइने छ । जो निर्दोष छ उसलाई यो देशमा शिर ठाडो पारेर स्वतन्त्र नागरिकको रुपमा बाँच्ने अवसर दिनेछौं,’ गृहमन्त्री श्रेष्ठले भने ।
सरकारले आर्थिक सामाजिक विकास सँगै सुशासन र सम्बृद्धिको यात्रामा अब पनि दृढ भएर नलाग्ने हो भने देशमा गम्भीर गत्यावरोधकाे स्थिति आउने भन्दै त्यसले देशलाई अराजकता र असफलता तिर लैजाने उनको धारणा छ । सुशासन स्थापनाको लागि अवसर नभएको भन्दै उनले सुशासनको पक्षमा सुरु गरेको कामलाई प्रभावकारी ढंगले टुंगोमा पुर्याएर नेपाललाई समृद्ध बनाउने कार्यमा सबैको साथ आवश्यक रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार